×

NMB BANK
NIC ASIA

चार वर्षमा गोरे समूहद्वारा ३८ क्वीन्टल सुन तस्करी, यी हुन् ६३ आरोपी (सूचीसहित)

बैशाख १९, २०७५

NTC
Premier Steels

काठमाडौं, १९ बैशाख– साढे ३३ किलो  तस्करीको सुन गायव प्रकरणमा थप तथ्यहरु सार्वजनिक हुने क्रम जारी छ ।  गत माघ ९ गते राजधानीको रत्न राज्यलक्ष्मी  स्कूल नजिकैबाट गोरे भनिने चूडामणि उप्रेतीको  साढे ३३ किलो सुन लुटिएसँगै विकसित भएको घटनाक्रम हत्याको श्रृङ्खलासम्म पुगेपछि  घटनाबाहिर त आयो नै सोहि प्रकरणमा सात उच्च प्रहरी अधिकारीसहित ६३ जना दोषी देखिए । जसमा तीन महिला समेत रहेका छन् । 

Muktinath Bank

त्रिभुवन अन्तराष्टिय विमानस्थल नजिकै फागुन ९ गते गुड्दै गरेको ट्यांकरतिर हुत्तिएर सानु बनको रहस्यमय मृत्युको भएको केहि दिनमै (फागुन १८) सनम श्रेष्ठको समेत हत्या भएपछि घटना बाहिरिन पुगेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सार्वजनिक घटनाक्रमअनुसार   सुन गायब गराएको आरोप लगाउँदै गोरेले उनलाई यातना दिएको खुल्न आएको छ । यातना दिने क्रममा गोरेको पूर्वएकाउन्टेन्ट समेत भनिएका शाक्यको मृत्यु भएसँगै ‘गोरे’ र महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सन्जेलको बीचमा शव व्यस्थापनका लागि कुराकानी भएको बताइएको छ । 


Advertisment
Nabil box
Kumari

सोहि विषयमा आर्थिक प्रभावमा परेर महाशाखाका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलसमेतको कनेक्सन  पाइएको थियो । 

Vianet communication

घटना सार्वजनिक भएसँगै गृहमन्त्रालयले यो विषयलाई गम्भीरतापूर्वक लिँदै छानबिन समिति गठन  गरेको थियो ।  मन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वमा बनेको समितिले विभिन्न आरोपितसँगको बयान र अध्ययनका क्रममा तस्करीको लहरो खोज्दै जाँदा उच्च अधिकारीकै संलग्नता पाएको थियो ।  यही छानबिनको आधारमा  जिल्ला सरकारी वकिलको कार्यालयले ७ प्रहरी उच्च अधिकारीसहित ६३ जनालाई दोषी देखाउँदै  सोमबार नै जिल्ला अदालत मोरङमा दर्ता गराइसकेको छ । 

मोरङ उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ लाई मुख्य अभियुक्त बनाएर दायर गरिएको उक्त मुद्दामा  १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ ९० पैसा बराबरको बिगो दाबी गरिएको छ ।

मुद्दामा अभिुयक्त बनाइएकाहरु मध्ये ७ प्रहरी अधिकारीसहित २९ जना पक्राउ परिसकेको भएपनि  गोरे र  एसएसपी श्याम खत्रीसहित ३४ फरार छन् । मुद्दामा बिहीबारदेखि अभियुक्तहरुको बयान सुरु जनाइएको छ । 
छानबिन समितिले गोरे समूहले विभिन्न समययता सेटिङमा ३८ क्वीन्टल सुन तस्करी गरेको दाबी गरेको छ ।  २०७१ सालदेखि  सुन कारोबारको धन्दा विस्तार गरेका गोरेको नेतृत्वमा चार वर्षको अवधिमा  ३८ क्वीटल सुन तस्करी भएको  छानबिन समितिको दाबी छ ।  सोहि दाबीको आधारमा ६३ जनामाथि मुद्दा दायर भएको हो । 

हुन त सुन काण्डबारे छानबिन गर्न बनेको समितिले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई २ घण्टा सम्म ब्रिफिङ गरेको थियो । सो क्रममा समितिले  ९ महिनामा मात्रै ४७ टन सुन अवैध तरिकाबाट नेपाल भित्रिएको र यसरी तस्करी गरेर सुन ल्याउँदा अरबौं रुपैयाँ पनि हुन्डीमार्फत् विदेशिएको बताएको थियो । 
६३ जनाको सूचीमा को–को ?
जिल्ला सरकारी वकीलको कार्यालयले सोमबार  जिल्ला अदालत मोरङमा  ७ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।  प्रतिवादीमध्ये २९ जना पक्राउ परिसकेको भएपनि मुख्य प्रतिवादी गोरेसहितका ३४ जना अझैं फरार छन् । 

मोरङको उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’(मुख्य प्रतिवादी), प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउत, प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्री, वरिष्ठ उपरीक्षक दिवेश लोहनी, प्रहरी जवान विष्णुबहादुर खड्का, प्रहरी हवल्दार अम्बर बहादुर थापा मगर, प्रहरी उपरीक्षक विकासराज खनाल र  प्रहरी नायब उपरीक्षक प्रजित केसी प्रतिवादी रहेका छन् । यस्तै  प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेल पनि प्रतिवादीको सूचिमा छन् । 

यस्तै काभ्रेको मण्डनदेउपुरी गाउँपालिका–१२ का टेकराज मल्ल ठकुरी,  मोरङ उर्लाबारी–४ का मोहन काफ्ले, मकवानपुर हटिया–४ का  सुरेन्द्र गौतम , सिराहाको धनगढी माई नगरपालिका–१२ का रोहित आचार्य, मोरङको  उर्लाबारी–७ का नरेन्द्र कार्की,  उर्लाबारी–४ का भविन तामाङ, उर्लाबारी २ का मदनप्रसाद घिमिरे, भारत मोतियारीका  राजनकुमार, झापा गौरादह–८ का भोजराज भण्डारी,  मेचीनगर–१३ का रुस्तम मियाँ, लाक्पा शेर्पा, सोलुखुम्बुको दूधकुन्ड–८ का टुकबहादुर मगर, सुनसरीको धरान–२ का कृष्ण बस्नेत, काठमाडौं–१६ का भुजुङ गुरुङ,  सुनसरीको धरान उपमहानगरपालिका–३ का  मोहनकुमार अग्रवाल, काठमाडौं– नागर्जुन–४, शरणमपुरका छिरिङ वाङगेल घले पनि प्रतिवादी रहेका छन् । 

यस्तै  सुनसरीको धरान–२ का सुनिलकुमार अग्रवाल  झापाको शिवगञ्ज–१ का कृष्ण गोपाल अग्रवाल, काठमाडौं–३२ का राजेन्द्रकुमार शाक्य,  उर्लाबारी–७ का रमेश उप्रेती,  भारतको दार्जलिंगका  महावीरप्रसाद गोल्यान अग्रवाल, काठमाडौंस्थित बाजेको सेकुवा कर्नरका चेतनाथ भण्डारी, काठमाडौको बानेश्वरका प्रमोदकुमार श्रेष्ठ,  सुनसरीको इटहरी– का वेनु श्रेष्ठ , काभ्रेको चलाल गणेशस्थान–६ का हरिशरण खड्कापनि प्रतिवादी रहेका छन् । 
 
यस्तै  सिन्धुपाल्चोक लोगर्चे–७ का  एलबी मगर भनिने लालबहादुर मगर, काठमाडौं–८ का वीरेन्द्रमान श्रेष्ठ,  ललिपुर–१४ का सम्बिरप्रसाद तोलाङ्गे,  काठमाडौं–९ का ४५ वर्षीय बालकृष्ण श्रेष्ठ,  भक्तपुर सूर्यविनायक–९,का दोराम खत्री,  काठमाडौंको नागार्जुन–६ का कपिलराज पुरी,  काठमाडौं–८ का गोपालकुमार श्रेष्ठ, ललितपुरको कन्ज्योसोम–३ का पुन्यप्रसाद लामा तामाङ,  काठमाडौं चन्द्रागिरी–१३ का हेमन्त गौतम, काठमाडौं–१८ का राजु महर्जन,  बागलुङको रेसा–४ का कमल कार्की,  काठमाडौं–१६, खरिबोटका मणिराज चौलागाईँ,  सिन्धुपाल्चोको जलजलेका शिवकुमार गुभाजु,  सुनसरीको धरान–१ का सुनिल श्रेष्ठ,  भोजपुर, दिङ्लाकी रक्षा भण्डारी,  मोरङको साविक गोविन्दपुर–८ का अर्जुनप्रसाद खरेल,  पर्वतको झोर्ले गाविस–१ का  गुप्तलाल भुसाल,  काभ्रेपलान्चोकको साविक चलाल गणेशस्थान–४ का रामहरि कार्की,  कास्कीको सािवक निर्मल पोखरी–८, का प्रयास पराजुली,  सिन्धुपाल्चोक बलेफी–५ का सञ्जय अधिकारी,  बलेफी–५ कै समिर अधिकारी ,  धनकुटाकी गीता श्रेष्ठ,  मोरङको उर्लाबारीकी अनर्वदा खरेल उप्रेती,  मोरङको कानेपोखरी–४ का माधव आचार्य,  मोरङको साविक गृगौलिया–२, का  ओमप्रकाश नेवार,  भक्तपुर सूर्यबिनायक–८का वर्षीय राजन थापा,  काठमाडौं–१३, ताहाचलका अमरमान डंगोल , मोरङको रतुवामाई–१  गोविन्दप्रसाद निरौला  र बर्दिया घर भई काठमाडौं–१८ बस्दै आएका तुलाराम थारु प्रतिवादी रहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x