×

NMB BANK
NIC ASIA

साउदीमा अलपत्र युवाको उद्धारका लागि दूतावासका कर्मचारीले ४ लाख मागेको पीडितको आरोप

दूतावासका श्रम सहचारी भन्छन्- 'हामीले होइन, कम्पनीले मागेको पैसा'

बैशाख २४, २०७५

NTC
Premier Steels

काठमाडौं, २४ वैशाख- साढे २ महिनाअघि साउदी पुगेका सप्तरी र धनुषाका ६ जना युवालाई कम्पनीले भनेअनुसार काम र तलब नदिएर बिचल्लीमा पारेपछि आफन्तहरू बुद्धनगरस्थित वैदेशिक रोजगार विभाग कार्यालयको चक्कर लगाइरहेका छन् ।

Muktinath Bank

विभागले साउदीस्थित नेपाली दूतावासलाई पत्राचार गरेर पीडितहरूको अवस्था पत्ता लगाउन आग्रह गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर पीडित परिवारले आफूहरूसँग साउदीस्थित नेपाली दूतावासकै अधिकारीले पैसा मागेको आरोप लगाएका छन् । दूतावासका श्रम सहचारी अम्बिकाप्रसाद अधिकारीले आफूलाई फोन गरेर प्रतिपीडित १५ हजार रियल अर्थात करीब ४ लाख ५ हजार रुपैयाँ मागेको साउदीमा अलपत्र परेका अमरेन्द्र दासका बुबा धर्मदेव दास तत्माले बताए ।


Advertisment
Nabil box
Kumari

Vianet communication

वैदेशिक रोजगार विभागको परिसरमा भेटिएका धर्मदेवले सो रकम दिन आफूहरू असमर्थ रहेको बताए । आफ्ना छोराहरूलाई कुटपिट गरी अनकन्टार जंगलमा लगेर छाडिएको र केही दिनदेखि खान पनि नदिएको बताउँदै उनले दूतावासले के कारण पैसा मागेको हो भन्ने आफूलाई थाहा नभएको बताए ।

हामीले होइन, कम्पनीले पैसा मागेको हो - अधिकारी

यता साउदीस्थित नेपाली दूतावासका श्रम सहचारी अम्बिकाप्रसाद अधिकारीले भने उक्त रकम आफूहरूले नभई उनीहरू कार्यरत कम्पनीले मागेकोबारे आफूले जानकारी मात्र गराएको बताए । उक्त १५००० रियाल ‘अल हैदर’कम्पनीले प्रतिकामदार परिचयपत्र, स्वास्थ्य परीक्षणलगायत शीर्षकमा खर्च गरेको र उनीहरू घर जान चाहेमा कम्पनीलाई सो रकम बुझाउनुपर्ने कुरा पीडितको आफन्तलाई आफूले जानकारी दिएको उनको भनाइ छ ।

‘फसेका पीडितहरूले आफ्नो उद्धरका लागि पैसा बुझाउनुपर्ने भए नेपाली कुटनैतिक नियोगको के काम ?’ भन्ने लोकान्तरको प्रश्नमा उनले भने- ‘कम्पनी आफूले गरेको सम्झौताअनुसार सेवा/सुविधा दिन तयार छ, तर उनीहरू काम गर्न तयार छैनन्, जसरी पनि घर फर्किन चाहेपछि सो रकम नतिरी कम्पनीले छाड्ने स्थिति छैन ।’

सहचारी अधिकारीले ती नेपालीको अवस्था सामान्य रहेको बताए । उनीहरूलाई राम्रोसँग बस्ने, खाने प्रबन्ध मिलाउने प्रयास भइरहेको उनको भनाइ छ ।

म्यानपावरको कामकारबाही रोक्का

यता वैदेशिक रोजगार विभागले ती युवालाई साउदी पठाउने म्यानपावर ‘अस्मिता इन्टरनेसनल ओभरसिज’लाई कारबाहीस्वरूप केही दिनदेखि रोक्का गरेको बताएको छ । पीडितहरूलाई नेपाल झिकाएपछि मात्र उक्त कारबाही फिर्ता हुनेछ, तर म्यानपावर व्यवसायीहरू पीडितलाई नेपाल झिकाउन उदासिन देखिएका छन् ।

वैदेशिक रोजगार विभाग र पीडितको आफन्तको धेरै ताकेतापछि मात्र सम्पर्कमा आएका उक्त म्यानपावरका म्यानेजर मधु भेटुवालले पीडितहरूलाई उद्दारका लागि सञ्चालक विष्णु कडरिया साउदी अरब पुगिसकेको लोकान्तरलाई बताए ।

मोहम्मद अल हैदर नामक कम्पनीअन्तर्गत चाउचाउ फ्याक्ट्रीमा लोड अनलोडको काम  गर्न भनेर साउदी पुर्‍याइएका कृष्णकुमार दास, चन्द्रेश्वर पासवान, इन्दल पासवान, भूपिन पासवान, अमरेन्द्र दास र भरत दासलाई सम्झौता बेगर अन्य काममा लगाइएपछि उनीहरूले काम गर्न छोडेका थिए।

नेपालमा आफन्तलाई खबर गरेर आफूहरूलाई उद्दार गर्न आग्रह गरेपछि कम्पनीले कुटपिट गर्दै उनीहरूसँग भएको मोबाइल, पैसा लगायतका सामानहरू खोसेर अनकन्टार ठाउँमा लगेर छाडिदिएको पीडितका आफन्तहरू बताउँछन् ।

आफन्तले वैदेशिक रोजगार विभागमा आएर निवेदन दिएपछि गत चैत्र २१ गते म्यानपावरका प्रतिनिधि र पीडितका आफन्तबीच समस्या १० दिनभित्र समाधान गर्ने र समाधान नभए नेपाल फिर्ता ल्याउने सहमति भएको थियो ।

सो कागजातमा म्यानपावरको तर्फबाट मधु भेटुवाल र गोकर्णकुमार थापाले हस्ताक्षर गरेका थिए।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x