३१ असार २०८३, बुधबार

एक नम्बर प्रदेशको हिउँदे अधिवेशन सकियो, स्थायी राजधानी छलफलबाट टुङ्गीने

बैशाख २७, २०७५
एक नम्बर प्रदेशको हिउँदे अधिवेशन सकियो, स्थायी राजधानी छलफलबाट टुङ्गीने

विराटनगर, २७ वैशाख– प्रदेश १ को प्रदेशसभा बैठकबाट एकै दिन ५ वटा विधेयक पारित भएका छन् । बुधवारको बैठकको अन्त्यमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुख डा.गोबिन्द तुम्बाहाङले पठाएको अधिवेशन अन्त्यगर्ने पत्र पढेर सुनाएका थिए ।

पत्र वाचन गर्नुअघि सभामुख भण्डारीले हिउँदे अधिवेशनमा भएका मुख्य उपलब्धीको बारेमा बैठकलाई जानकारी गराए । आफ्नो निजी अनुभवको रुपमा प्रदेश संसदको अभ्यास गर्ने मौकालाई नौलो अनुभव भएको उनले सुनाए । 

प्रदेशसभा संचालनको क्रममा सत्ता पक्ष र प्रतिपक्षमा रहेका दलहरुले सौहाद्रताका साथ मिलेर अघि बढ्न गरेको प्रयासको उनले प्रशंसा गरे । संसदभित्रका हरेक गतिविधिहरुमा प्रदेशसभाका सदस्य र कर्मचारीको अतुलनिय सहयोग प्राप्त भएको सुनाउँदै कानून निर्माणमा अन्य प्रदेश भन्दा एक नम्बर प्रदेश ऐतिहाँसिक रुपमा सफल भएको उनले बताए । 

संसदका गतिविधिहरुलाई बाहिर ल्याएर नागरिकलाई सुशुचित गरेको भन्दै सभामुख भण्डारीले संचार क्षेत्रलाई समेत धन्यवाद दिए । बुधवारको बैठकमा संघिय समाजवादी फोरमका संसदीय दलका नेता जयराम यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिका कारण आफूहरु यहाँसम्म आइपुगेको स्मरण गरे । 

मुख्यमन्त्री भन्छन्– राजधानी र नामको बिषयमा रमिता नदेखाउँ
प्रदेश संसदमा बुधवार दोस्रो पटक सम्बोधन गरेका मुख्यमन्त्री शेरधन राईले सकेसम्म सहमतिकै माध्यामबाट प्रदेशको राजधानी र नामाकरण टुङ्गो लगाइने बताएका छन् । सरकारले परिपक्क ढंगले छलफल चलाए राजधानी र नामाकरणको बिषय टुङ्गो लगाउन चाहेको मुख्यमन्त्री राईले स्पष्ट पारे । 

बिभिन्न प्रकारका भावनात्मक प्रभाव र दवावमा परेर एवम् दुनियाँलाई रमिता देखाएर राजधानी र नामाकरणको बिषयमा अगाडी बढ्न नसकिने उनले ठोकुवा गरे ।

प्रदेश सरकारलाई विवाद र झमेलामा फसाउने प्रपञ्च भइरहेको भन्दै मुख्यमन्त्री राईले भने ‘कसैको भावना दवाव वा एसो र उसो भनेर सरकार बहकिएको छैन, हामीले अनावश्यक विवाद र झमेलामा फस्न सुहाउँदैन ।’ उनले प्रदेशको राजधानी तोक्ने र नामाकरणको बिषयमा संसदका सबै दलहरुसँग परामर्श थालेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्