×

NMB BANK
NIC ASIA

एक नम्बर प्रदेशको हिउँदे अधिवेशन सकियो, स्थायी राजधानी छलफलबाट टुङ्गीने

बैशाख २७, २०७५

NTC
Premier Steels

विराटनगर, २७ वैशाख– प्रदेश १ को प्रदेशसभा बैठकबाट एकै दिन ५ वटा विधेयक पारित भएका छन् । बुधवारको बैठकको अन्त्यमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुख डा.गोबिन्द तुम्बाहाङले पठाएको अधिवेशन अन्त्यगर्ने पत्र पढेर सुनाएका थिए ।

Muktinath Bank

पत्र वाचन गर्नुअघि सभामुख भण्डारीले हिउँदे अधिवेशनमा भएका मुख्य उपलब्धीको बारेमा बैठकलाई जानकारी गराए । आफ्नो निजी अनुभवको रुपमा प्रदेश संसदको अभ्यास गर्ने मौकालाई नौलो अनुभव भएको उनले सुनाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशसभा संचालनको क्रममा सत्ता पक्ष र प्रतिपक्षमा रहेका दलहरुले सौहाद्रताका साथ मिलेर अघि बढ्न गरेको प्रयासको उनले प्रशंसा गरे । संसदभित्रका हरेक गतिविधिहरुमा प्रदेशसभाका सदस्य र कर्मचारीको अतुलनिय सहयोग प्राप्त भएको सुनाउँदै कानून निर्माणमा अन्य प्रदेश भन्दा एक नम्बर प्रदेश ऐतिहाँसिक रुपमा सफल भएको उनले बताए । 


Advertisment
Nabil box
Kumari

संसदका गतिविधिहरुलाई बाहिर ल्याएर नागरिकलाई सुशुचित गरेको भन्दै सभामुख भण्डारीले संचार क्षेत्रलाई समेत धन्यवाद दिए । बुधवारको बैठकमा संघिय समाजवादी फोरमका संसदीय दलका नेता जयराम यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिका कारण आफूहरु यहाँसम्म आइपुगेको स्मरण गरे । 

Vianet communication

मुख्यमन्त्री भन्छन्– राजधानी र नामको बिषयमा रमिता नदेखाउँ
प्रदेश संसदमा बुधवार दोस्रो पटक सम्बोधन गरेका मुख्यमन्त्री शेरधन राईले सकेसम्म सहमतिकै माध्यामबाट प्रदेशको राजधानी र नामाकरण टुङ्गो लगाइने बताएका छन् । सरकारले परिपक्क ढंगले छलफल चलाए राजधानी र नामाकरणको बिषय टुङ्गो लगाउन चाहेको मुख्यमन्त्री राईले स्पष्ट पारे । 

बिभिन्न प्रकारका भावनात्मक प्रभाव र दवावमा परेर एवम् दुनियाँलाई रमिता देखाएर राजधानी र नामाकरणको बिषयमा अगाडी बढ्न नसकिने उनले ठोकुवा गरे ।

प्रदेश सरकारलाई विवाद र झमेलामा फसाउने प्रपञ्च भइरहेको भन्दै मुख्यमन्त्री राईले भने ‘कसैको भावना दवाव वा एसो र उसो भनेर सरकार बहकिएको छैन, हामीले अनावश्यक विवाद र झमेलामा फस्न सुहाउँदैन ।’ उनले प्रदेशको राजधानी तोक्ने र नामाकरणको बिषयमा संसदका सबै दलहरुसँग परामर्श थालेको जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x