
काठमाडौं, १५ जेठ – इंग्ल्यान्डको चर्चा सबै प्रमुख टूर्नामेन्टअघि हुन्छ तर प्रायः यो टोलीले निराश नै पार्छ । कागजमा हेर्दा अर्थात् खेलाडीहरूको सूची हेर्दा इंग्ल्यान्डले नै विश्वकप जित्नुपर्ने हो ।
तर युरोकपमा आइसल्यान्डविरुद्ध इंग्ल्यान्डले हारेको स्मृतिमा अझै ताजा छ । इंग्ल्यान्ड आफ्नो हैसियत उकास्न संघर्षरत छ ।
हालैका वर्षमा इंग्ल्यान्ड थप आधुनिक भएको छ अनि उसले बललाई पोजेसनमा राखेर गोलको अवसर जुटाउने अप्रोच लिएर खेल्ने गरेको छ । तर ऊ प्रायः विपक्षी टीमको रक्षापंक्तिलाई छेडेर गोल गर्नलाई चाहिँ चुक्ने गरेको छ ।
अहिले छनोटमा परेको इंग्ल्यान्ड फरवार्ड भने यसलाई सुधार्ने ध्याउन्नमा रहेको छ ।
इंग्ल्यान्डका समर्थकहरूले जहिले पनि टोलीबाट धेरै अपेक्षा राख्छन् तर यो अपेक्षाको दबाबले होला शायद खेलाडीहरूले एकजुट भएर उम्दा प्रदर्शन गर्न सकेका छैनन् ।
ग्रूप जीमा रहेको इंग्ल्यान्डका प्रतिस्पर्धीहरू बेल्जियम, ट्युनिसिया र पनामा छन् । बेल्जियमसँग उसको कडा प्रतिस्पर्धा हुने अपेक्षा छ तर पनामा र ट्युनिसिया पनि कमजोर प्रतिद्वन्द्वी भने होइनन् ।
इंग्ल्यान्डका अधिकांश खेलाडीहरू राम्रो फर्ममा छन् र उनीहरूको प्रतिभा विकास भइरहेको छ ।
गरेदेखि इंग्ल्यान्डको फरवार्डले नै चमत्कार गर्ने अपेक्षा छ । कप्तान ह्यारी केन आफैं फरवार्डमा भएकाले उनको नेतृत्वमा इंग्ल्यान्डले गोलवर्षा गर्ला भनी प्रशंसकहरूले आशा गरेका छन् ।
तैपनि इंग्ल्यान्डका खेलाडीमा देले अली, एरिक डिएर, कीएरान ट्रिप्पिएर, एश्ले योङ र गेरी काहिलको प्रदर्शन राम्रो रहने अपेक्षा गरिएको छ । लिभरपूलबाट खेल्ने एडम लालाना घाइते भएकाले चाहिँ इंग्ल्यान्ड टोलीमा चिन्ता छाएको छ
।
व्यवस्थापक तथा प्रशिक्षक गेरी साउथगेटले इंग्ल्यान्ड समर्थकलाई खुशी तुल्याउने गरी खेलाडी चयन गरिएको बताएका छन् ।
यस्तो छ इंग्ल्यान्डको टोली :
गोलकीपर : ज्याक बटल्यान्ड, जोर्डन पिकफोर्ड, निक पोप
डिफेन्डर : जोन स्टोन्स, ह्यारी मग्वायर, फिल जोन्स, काइल वाकर, किएरान ट्रिप्पिएर, गेरी काहिल, एश्ले योङ, ड्यानी रोज, ट्रेन्ट अलेक्जेन्डर–आर्नोल्ड
मिडफील्डर : एरिक डिएर, जोर्डन हेन्डरसन, जेस्सी लिन्गार्ड, रुबेन लोफ्टस–चीक, फाबियान डेल्फ
फरवार्ड : ह्यारी केन, जेमी भर्डी, मार्कस –याशफोर्ड, ड्यानी वेल्बेक, रहीम स्टर्लिङ, देले अल्ली