काठमाडौं, १६ जेठ – अर्जेन्टिनाका सुपरस्टार लियोनेल मेस्सीले रुसमा हुन गइरहेको विश्वकपमा अर्जेन्टिनाको सम्भावना झिनो रहेको स्वीकार गरेका छन् ।
तर रुसमा आफूहरूको ‘सुन्दर सम्भावना’ रहेको चाहिँ उनले बताए ।
सन् २०१४ को उपविजेता अर्जेन्टिनाले मंगलवार राजधानी ब्युनर्स आयर्समा हाइटीविरुद्ध ४–० गोलअन्तरको विजय प्राप्त गर्दै विश्वकपको राम्रो तयारी गरेको छ ।
उक्त खेलमा अर्जेन्टिनाका कप्तान तथा बार्सिलोनाका सुपरस्टार मेस्सीको राम्रो प्रदर्शन रहेको थियो । उनले तीन गोल गरे अनि सर्जिओ अग्वेरोलाई गोल गर्न सहायता पनि गरे ।
गोल डट्कमबाट