२५ असार २०८३, बिहीबार
३८ क्वीन्टल सुन तस्करी प्रकरण

एमके अग्रवालको घरबाट ३० लाख नगदसहित सुन र चाँदी बरामद

जेठ २५, २०७५
एमके अग्रवालको घरबाट ३० लाख नगदसहित सुन र चाँदी बरामद

काठमाडौं, २५ जेठ– नेपालमा हुने सुन तस्करीका लगानीकर्ता भनिएका एमके भनिने मोहन कुमार अग्रवालको घरबाट ३० लाख रुपैयाँ नगदसहित सुन र चाँदी फेला परेको छ । 

साढे ३३ किलोसहितको ३८ क्वीन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त अग्रवालको काठमाडौंको अनामनगरस्थित घरमा छापा मार्दा नगदसहित सुन र चाँदी फेला परेको हो । 

सुन तस्करी सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गृह मन्त्रालयसका सह–सचिव इश्वर पौडेल नेतृत्वमा गठित समितिले शुक्रवार दिउँसो अग्रवालको घरमा छापा मारेको थियो । घरमा छापा मार्दा ३० लाख रुपैयाँ नगदसहित २ किलो चाँदी र १० तोला सुन फेला परेको गृह मन्त्रालय स्रोतले जनाएको छ । 

समितिले अग्रवालको घरबाट बा १० च २८२ नम्बरको टाटा कम्पनीको कारसमेत बरामद गरेको छ । 

सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका अग्रवालको अनामनगरस्थित घर २ महिनादेखि खाली थियो । गृह मन्त्रालयको समितिले सुन तस्करी प्रकरणको छानबिन शुरु गरेपछि अग्रवाल फरार भएका थिए । घरमा अग्रवालकी श्रीमती बस्ने गरेको भनिएपनि उनीपनि २ महिना अगाडि घर छाडेर भारततर्फ गएकी थिइन् । 

गृह मन्त्रालयको समितिले अग्रवालको श्रीमतीले आफूसँगै अन्य गरगहना र नगदसमेत लगेको हुनसक्ने जनाएको छ । 

सुन तस्करी प्रकरणमा पक्राउ परेका राप्रपा प्रजातान्त्रिकका नेता समेत रहेका भुजुङ गुरुङले तस्करीको सुनमा एमके अग्रवालले लगानी गर्ने गरेको बताएका थिए । गृह मन्त्रालयको समितिसमक्ष दिएको बयानमा गुरुङले हराएको ३३ किलो सुनमा पनि अग्रवालकै लगानी रहेको बताएका थिए । 

सुन तस्करीका ‘मालिक’को घरमा गृह मन्त्रालयको छापा, 'स्रोत नखुलेको' पैसा बरामद

salt training

कमेन्ट गर्नुहोस्