३१ असार २०८३, बुधबार

इजिप्टलाई हराउँदै आयोजक रुस विश्वकपको नकआउट चरणनजिक

इजिप्टलाई हराउँदै आयोजक रुस विश्वकपको नकआउट चरणनजिक
Photo : Goal.com

काठमाडौं, ६ असार - इजिप्टलाई पराजित गर्दै आयोजक रुस विश्वकप फूटबल प्रतियोगितामा नकआउट चरणनजिक पुगेको छ ।

सेन्ट पिटर्सबर्ग स्टेडियममा गएराति भएको खेलमा रुस ३-१ गोल अन्तरले विजयी भयो ।

घरेलु टोलीको जीतमा डेनिस चेरिसेभ र अर्टेम जेबाले १-१ गोल गरे । रुसले अग्रता भने अहमेद फाथीको आत्मघाती गोलबाट लिएको थियो ।

इजिप्टका लागि मोहमद सलाहले पेनाल्टीमा सान्त्वना गोल फर्काए ।

समूह एमा रहेको रुसको जितसँगै ६ अंक पुगेको छ । दोस्रो स्थानको उरुग्वेले ३ अंक जोडेको छ भने इजिप्ट र साउदी अरेबिया अंकविहीन छन् ।

रुसले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई ५-० गोल अन्तरले पराजित गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्