
काठमाडौं, १० असार – इंग्ल्यान्ड र पनामाबीच चलिरहेको खेलमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गरेका छन् ।
उनको यो गोलसँगै इंग्ल्यान्डले २–० ले अग्रता लिएको छ ।
जेस्सी लिन्गार्डलाई दुईजना पनामा डिफेन्डरहरूले डीएरियामा लडाएपछि इंग्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो । कप्तान केनले त्यसलाई गोलमा परिणत गर्न कुनै गल्ती गरेनन् । बाईसौं मिनेटमा गोल भएको हो ।
यससँगै केनले दुई म्याचमा तीन गोल गरिसकेका छन् ।
यसअघि जोन स्टोन्सले आठौं मिनेटमा गोल गरेका थिए ।