
काठमाडौं, १२ असार – आ-आफ्नो अन्तिम खेलमा बराबरीमा रोकिए पनि स्पेन र पोर्चुगल नकआउट चरणमा प्रवेश गरेका छन् ।
स्पेन मोरक्कोसँग २-२ तथा पोर्चुगल इराकसँग १-१ गोलको बराबरीमा रोकिए पनि क्रमश: समूह विजेता र उपविजेताका रूमा दुवै टोलीले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।
नकआउट चरणको पहिलो खेलमा अब स्पेनको भिडन्त आयोजक रुस तथा पोर्चुगलको भेट उरुग्वेसँग हुनेछ ।
पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मिस गरेका थिए । यद्यपि अघिल्लो चरणमा जान उसलाई बराबरी नै पर्याप्त भयो ।