काठमाडौं, २ फागुन — अमेरिकाको प्रतिष्ठित सांगीतिक अवार्ड ग्राम्मी समारोह स्थानीय समयअनुसार आइतवार राति सम्पन्न भएको छ । लस एन्जेलसको स्टेपल सेन्टरमा भएको समारोहमा प्रसिद्ध गायिका बियोन्से र एडेलको दबदबा रहेको थियो ।
बियोन्सेबेलायती गायिका एडेलले तीनवटा अनि बियोन्सेले दुईवटा पुरस्कार जितेका थिए ।
दुवै गायिकाले आफ्ना लोकप्रिय गीत पनि त्यस अवसरमा सुनाएका थिए ।
आफू जुम्ल्याहा सन्तानसहित गर्भवती भएको घोषणा गरेपछि बियोन्सेको यो पहिलो सार्वजनिक उपस्थिति हो ।
एडेलएडेलले आफ्नो अवार्ड केही समयअघि बितेका बेलायती गायक जर्ज माइकलका नाममा समर्पित गरेकी थिइन् ।
यिनीहरूले जिते पुरस्कार :वर्षगीत : हेलो (एडेल)
सर्वोत्कृष्ट –याप गीत एल्बम : चान्स द –यापर (कलरिङ बूक)
बेस्ट अर्बन कन्टेम्पोरेरी एल्बम : लेमोनेड (बियोन्से)
बेस्ट न्यु आर्टिस्ट : चान्स द –यापर
बेस्ट पप भोकल एल्बम : एडेल
बेस्ट पप सोलो पर्फर्मेन्स : एडेल
बेस्ट म्युजिक भिडियो : पर्फर्मेन्स (बियोन्से)