२८ असार २०८३, आइतबार

विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरियो

विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरियो

साविकको  विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ  । समूह एफमा रहेको जर्मनी दक्षिण कोरियासँग २–० ले पराजित भएसँगै विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । 

कोरियाको जीतमा दुबै गोल इन्जुरी समयमा भएको थियो । कोरियाका लागि  ९२ औं मिनेटमा किम योंग गोन र सन होंग मिनले ९६ औं मिनेटमा गोल गरे । 

जर्मनीलाई हराएपनि मात्र तीन अंक जोड्दै कोरिया पनि विश्वकपबाट बाहिरियो ।

नकआउट चरणमा पुग्नको लागि कोरियाविरुद्धको  आजको खेल जित्नुपर्ने दबाबमा जर्मनी थियो । यस्तै कोरियासँग बराबरी भएको अवस्थामा स्वीडेन र मेक्सिको बीचको खेल पनि निर्णायक थियो । तर स्वीडेनले मेक्सिकोलाई ३–० ले हराएसँगै त्यो बाटो पनि बन्द भयो ।

योसँगै समान ६ अंक जोड्दै  समूह एफबाट  मेक्सिको र स्वीडेन नकआउट चरणमा पुगेका छन् । जर्मनीले भने समूह चरणको १ खेलमात्रै जितेर घर फर्कियो । 

salt training

कमेन्ट गर्नुहोस्