
काठमाडौं, १४ असार – अर्जेन्टिनाका महान् फूटबल खेलाडी म्याराडोनाले आफू मरेको झुटो खबर फैलाइदिने व्यक्ति पत्ता लगाउनका लागि एक लाख १७ हजार रुपैयाँको पुरस्कार घोषणा गरेका छन् ।
नाइजेरियाविरुद्ध अर्जेन्टिनाको खेल हेरिरहेका म्याराडोनाको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भीआईपी बक्सबाट बाहिर लगेर उपचार गरिएको थियो ।
त्यस घटनालाई बंग्याएर एक व्यक्तिले स्पेनी भाषामा म्याराडोनाको हृदयघातका कारण मृत्यु भएको भनी झुटो अडियो खबर फैलाएपछि उक्त खबर भाइरल बनेको थियो ।
आफू जिउँदै रहेको र अत्यधिक ह्वाइट वाइन पिएका कारण अर्धबेहोश भएको उनले स्पष्टीकरण दिनुपरेको थियो ।
झुटो खबरमा म्याराडोनाको मुटुमा अड्रेनलिनको सुई घोचिएको तर त्यसले उनलाई बचाउन सफल नभएको अनि अर्जेन्टिनी टोलीलाई उनको मृत्युको खबर नसुनाइएको भनिएको थियो । आफूलाई रुसमा रहेको अर्जेन्टिनी पत्रकार भनी
चिनाउने माटी नामक व्यक्तिले उक्त रेकर्डिङ गराएका थिए ।
एजेन्सी