२९ असार २०८३, सोमबार

कोरियालीविरुद्ध जातीय विभेद देखाएपछि दुई टीभी प्रस्तोता बर्खास्त

कोरियालीविरुद्ध जातीय विभेद देखाएपछि दुई टीभी प्रस्तोता बर्खास्त

काठमाडौं, १५ असार – फूटबल विश्वकपमा दक्षिण कोरियाले जर्मनीविरुद्ध जीत हासिल गरेपछि अमेरिकास्थित स्पेनी भाषाको टीभी नेटवर्क टेलीमुन्डोका दुई प्रस्तोतालाई जातीय विभेद हुने गतिविधि गरेका कारण बर्खास्त गरिएको छ ।

दक्षिण कोरियाले उक्त खेल जितेपछि मेक्सिको अर्को चरणमा पुग्न सफल भएको थियो । 

सेटमै खुशी मनाउने क्रममा दुई प्रस्तोताले आँखालाई हातले तानेर चिम्से देखाउन खोजेका थिए ।

ट्विटरमा मेक्सिकाली समर्थकहरूले पनि दक्षिण कोरियालाई धन्यवाद दिनका लागि त्यस्तै गरेका थिए । 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो जातिभेद भएको भनी आलोचना गरेपछि धेरै मेक्सिकालीहरूले माफी मागेका थिए । 

जर्मनी हारेपछि मेक्सिको अन्तिम १६ मा जान पायो अपन मेक्सिकालीहरूले चर्को खुशियाली मनाए । यसक्रममा उनीहरू मेक्सिकोस्थित कोरियाली कन्सुलर जेनरललाई पनि काँधमा राखेर घुमाए ।

यसले गर्दा कोरियालीहरू पनि खुशी भए तर पछि मेक्सिकाली समर्थकहरूले कोरियालीहरूलाई धन्यवाद दिन छेउतिर आँखा तानेपछि चाहिँ वातावरण बिग्रियो । यसरी आँखा तान्नु जातिभेदी संकेत मानिन्छ ।

त्यसपछि कोरियाली समर्थकहरूले ह्याशट्याग रेसियलडिस्क्रिमिनेसन प्रयोग गरी आफ्नो क्रोध व्यक्त गर्न थाले ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्