३२ असार २०८३, बिहीबार

जर्मनीको हारपछि प्रेमी निराश, प्रेमिका गदगद !

जर्मनीको हारपछि प्रेमी निराश, प्रेमिका गदगद !

काठमाडौं, १५ असार – जर्मनीका रिजर्भ गोलकीपर केभिन ट्राप आफ्नो टोली दक्षिण कोरियासँग हारेपछि चरम निराश भएका छन् । तर उनीभन्दा ५०० माइल पर रहेकी उनकी प्रेमिका तथा ब्राजिली मोडल इजाबेल गोलार्टलाई यसको कुनै मतलब थिएन । उनी प्रेमीको पीडालाई बिर्सेर ब्राजिललाई चीयर गरिरहेकी थिइन् । 

सर्बियाविरुद्धको खेलमा इजाबेलले घरेलु टोलीलाई समर्थन गर्नका लागि दर्शकदीर्घामा उभिएर चीयर गरिरहेकी थिइन् । उनका प्रेमीको विश्वविजेता टीम जर्मनी आउट भएको उनलाई कुनै मतलब थिएन । उनले चीयर गरेको तस्वीर सामाजिक सञ्जालमा पनि शेयर गरेकी छन् । 


एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्