३० असार २०८३, मंगलबार

फिफाको नियम–यस कारण हुन सक्छन् मेस्सी, रोनाल्डो, नेयमार निलम्बित !

फिफाको नियम–यस कारण हुन सक्छन् मेस्सी, रोनाल्डो, नेयमार निलम्बित !

रुस विश्वकप अन्तर्गत आजबाट नकआउट चरणका खेल शुरु हुँदैछन् । 

नकआउट चरण अन्तर्गतको पहिलो खेलमा अर्जेन्टिनाले फ्रान्सको सामना गर्ने छ भने दोस्रो खेलमा उरुग्वे र पोर्चुगल आमनेसामने हुँदैछन् । 

नकआउट चरणमा प्रवेश गरेसँगै आब टीमहरुको नजर फाइनमा पुग्ने हुनेछ । तर फाइनल भीडन्त भन्दा पहिला वर्ल्ड कपका दाबेदार टीमका खेलाडीहरुलाई फिफाको एक नियमले समस्या पर्ने देखिएको छ । 

फाइनको लामो यात्रा तय गर्नुभन्दा पहिला केही स्टार खेलाडिमाथि निलम्बनको खतरा छ । जसमध्ये अर्जेन्टिनाका लियोनल मेस्सी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, ब्राजिलका नेयमार जस्ता स्टार खेलाडी पनि छन् । 

के हो नियम ?

फिल्म विश्व कप खेलको नियम अनुसार क्वार्टर फाइनल भन्दा पहिला यदी खेलाडिले दुई ‘एल्लो कार्ड’ पाए भने आघिल्लो एक खेलका लागि उनीहरु निलम्बित हुनेछन् । यदी क्वार्टर फाइनल पछि रेफ्रीबाट दोस्रो पटक एल्लो कार्ड बुक भएको खण्डमा सेमिफाइनल खेल गुमाउनु पर्ने हुन्छ ।

यसको अर्थ कुनै पनि खेलाडी निलम्बनको खतराका साथ सेमिफाइनलमा जान चाहँदैन, जसका कारण उसलाई फाइन खेलबाट निलम्बन हुन परोस् । 

अर्जेन्टिनाका स्टार मेस्सीलाई ग्रुप खेलमा नाइजेरियाका विरुद्ध अन्तिम मिनेटमा समय बढी लिएको भन्दै रेफ्रीले पहेलो कार्ड दिएका थिए । मेस्सी सहित अर्जेन्टिनाका पाँच खेलाडीले पनि पहेलो कार्ड पाएका छन् । 
यदी फ्रान्सलाई अर्जेन्टिनाले जित्यो र यसअघि कार्ड पाएका महत्वपूण कुनै खेलाडीले आजको खेलमा पनि कार्ड पाएको खण्डमा क्वार्टर फाइनलमा उनीहरुलाई समस्या पर्ने छ । 

त्यस्तै पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पनि इरानसँगको खेलका क्रममा एल्लो कार्ड पाएका थिए । 

उरुग्वेसँगको खेलमा एल्लो कार्ड नपाएको खण्डमा र जीतेको खण्डमा मात्र रोनाल्डो आगामी खेलमा सहभागी हुन पाउने छन् । त्यस्ते ब्राजिलका नेयमार, कौटिन्होलगायतका खेलाडीले पनि एउटा एल्लो कार्ड पाइसकेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्