०५ साउन २०८३, मंगलबार

उरुग्वेसँग पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरियो

उरुग्वेसँग पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरियो

रसियामा जारी विश्वकपको नकआउट चरणबाटै पोर्चुगल बाहिरिएको छ । 
उरुग्वेसँग २–१ ले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएको हो । उरुग्वेको जितमा कभानीले २ गोल हाने भने पोर्चुगलका लागि पेपेले सान्त्वना गोल फर्काए  ।
आइतबार बिहान सम्पन्न खेलको सातौं मिनेटमै उरुग्वेका लागि कभानीले गोल गर्दै टिमलाई अग्रता दिलाए । यस्तै खेलको ५५ औं मिनेटमा पोर्चुगलका खखेलाडी पेपेले बराबरी गोल फर्काएपनि कभानीले त्यसको ७ मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेलाई २–१ को अवस्थामा पुर्याए । 
त्यसपछि  दुबैतर्फबाट कुनै गोल हुन नसकेपछि क्रिष्टियानो रोनाल्डोको कप्तानी रहेको पोर्चुगल नकआउट चरणबाटै घर फर्किन बाध्य भयो  । 

salt training

कमेन्ट गर्नुहोस्