२९ असार २०८३, सोमबार

विश्वकप उपाधिको दाबेदार टोली एकपछि अर्को गर्दै बाहिरिँदै

विश्वकप उपाधिको दाबेदार टोली एकपछि अर्को गर्दै बाहिरिँदै

काठमाडौं, १७ असार– विश्वकप उपाधिको दाबेदार मानिएको टोली एक पछि अर्को गर्दै धमाधम बाहिरिन थालेका छन् । विश्वकपको उपाधिको सशक्त दाबेदार मानिएको स्पेन, पोर्चुगल, अर्जेन्टिना र जर्मनी बाहिरिएका छन् । 
जर्मनी समूह चरणबाटै घर फर्किएको हो भने  अर्जेन्टिना, स्पेन र पोर्चुगल  नकआउट चरणबाट बाहिरिएका हुन् । 
विश्वकप फुटबलको क्वाटरफाइनल प्रवेशका लागि आइतबार सम्पन्न रोमाञ्चक खेलमा स्पेनलाई हराउँदै आयोजक रसिया विजयी भयो ।  निर्धारित ९० मिनेटमा १–१ को बराबरी र अतिरिक्त ३० मिनेटको समयमा कुनै गोल हुन नसकेपछि  पेनाल्टी सुटआउटमा पुगेको खेलमा  स्पेन रसियासँग ४–३ ले पराजित भएको हो ।  
हारसँगै  पूर्वविजेतासमेत रहेको स्पेन नकआउट चरणबाटै घर फर्किन बाध्य भएको छ । 
यस्तै शनिबार भएको खेलमा पोर्चुगल उरुग्वेसँग २–१ ले पराजित भयो  अर्जेन्टिना फ्रान्ससँग ४–३ गोल अन्तरले पराजित भयो । 
 

salt training

कमेन्ट गर्नुहोस्