२९ असार २०८३, सोमबार

रियलले भन्यो- नेयमारलाई किन्न पीएसजीलाई कुनै अफर गरेका छैनौं

रियलले भन्यो- नेयमारलाई किन्न पीएसजीलाई कुनै अफर गरेका छैनौं

काठमाडौं, १९ असार – ब्राजिल तथा पेरिस सेन्ट जर्मेनका स्टार नेयमारलाई खरिद गर्न कीर्तिमानी रकम अफर गरेको भन्ने खबरको रियल खण्डन गरेको छ ।

एक स्पेनिस टेलिभिजनले नेयमारलाई खरिद गर्न रियलले पीएसजीसामु ३१० मिलियन युरोको प्रस्ताव गरेको खबर प्रकाशन गरेको थियो ।

यस्तो खबरमा कुनै सत्यता नरहेको रिययलले प्रस्ट पारेको छ ।

नेयमार हाल विश्वकप खेल्न रुसमा छन् । ब्राजिलका लागि सोमबार मेक्सिकोसँग खेलेको खेलमा उनले १ गोल र एक एसिस्ट गरेका थिए ।

नेयमार गत सिजन बार्सिलोनाबाट कीर्तिमानी मूल्य (२२२ मिलियन युरो) मा पीएसजी गएका हुन् ।

उनी पीएसजीमा खुशी नरहेको र स्पेन फर्कन चाहेको हल्ला चल्दै आएको  छ ।

salt training

कमेन्ट गर्नुहोस्