
दुवईमा सम्पन्न हेटौडा जर्नालिजम एवार्डमा बालगायक अशोक दर्जीलाई प्रदान गरिएको छ ।
दर्जिको घर निर्माणका लागि संकलन भएको रकम उनको बैंक खातामा जम्मा गरिएको आयोजक मध्येका एक मणीराज गौतमले बताए । असार ८ गते सम्पन्न भएको एवार्ड एवं सांस्कृतिक कार्यक्रममा संकलन भएको एक लाख ८५ हजार ३ सय १५ मध्ये ४० हजार कार्यक्रमकै दिन नगदै हस्तान्तरण गरिएको थियो, वाकी एक लाख ४५ हजार ३ सय १५ नेपाल बाणिज्य बैंकमा रहेको अशोक दर्जी ट्रष्टको खातामा जम्मा गरिएको उनले बताए ।
दुवईको बर दुवईमा भएको सांस्कृतिक कार्यक्रममा सहभागीहरूले दर्जीको घर निर्माणका लागि सहयोग गरेका थिए । एवार्डका लागि नेपालबाट पत्रकार तथा कलाकारसहितको टोली दुवई पुगेको थियो ।