
काठमाडौं – फूटबल विश्वकपमा भाग लिएका ३२ टीममध्ये कोलम्बिया सबभन्दा अनुशासनहीन देखिएको छ । उसका एक खेलाडीले रातो कार्ड र नौ खेलाडीले पहेंलो कार्ड पाएका छन् ।
स्विट्जरल्यान्डका खेलाडीहरूले पनि यति नै संख्यामा रातो र पहेंलो कार्ड पाएका भएपनि उनीहरू कम फाउल भएका कारण कोलम्बिया नै सबभन्दा कलंकित ठहरियो ।
फाउल गर्नमा रुस सबभन्दा अगाडि देखियो । उसका खेलाडीहरूले ९५ फाउल गरे । तीमध्ये एक फाउल पेनाल्टीमा समेत परिणत भयो । क्वार्टरफाइनलमा क्रोएसियासँग हारेको रुसका ६ खेलाडीले पहेंलो कार्ड पाए । मिडफील्डर युरी ग्याजिनस्काईलाई दुईवटा पहेंलो कार्ड देखाइयो ।
यस विश्वकपमा क्रोएसियाका १२ खेलाडीले पहेंलो कार्ड पाएका छन् । तर उसका कुनै पनि खेलाडीले दुईचोटि पहेंलो कार्ड पाएका छैनन् । क्रोएसियाली खेलाडीले कुल ७८ फाएल गरे । एउटा फाउल पेनाल्टीमा परिणत भयो ।
यस विश्वकपमा अर्जेन्टिना र पनामाका ११–११ र दक्षिण कोरियाका १० खेलाडीले पहेंलो कार्ड पाए । यी तीनै टोलीका दुई दुई खेलाडीले दुई दुईचोटि पहेंलो कार्ड पनि पाए ।
विश्वकपमा भाग लिने टोलीमा साउदी अरबले सबभन्दा कम पहेंलो कार्ड पायो । उसका मिडफील्डर तासीर अल–जासिमले मात्र पहेंलो कार्ड पाए । कम फाउल गर्ने दोस्रो टोली पनि उही भयो । उसले तीन खेलमा ३० फाउल ग–यो भने
उसविरुद्धका टीमका खेलाडीले ४५ फाउल गरे ।
तीन म्याचमा दुई पहेंलो कार्ड पाउने जर्मनीले सबभन्दा कम २९ फाउल ग–यो । तर एउटै म्याचमा दुई पहेंलो कार्ड पाएर रेड कार्डमा परिणत भएपछि डिफेन्डर जेरोम बोआटेङले मैदान छोड्नुप–यो ।
स्पेनका दुई खेलाडीले मात्र पहेंलो कार्ड पाए र उसका खेलाडीहरूले कुल ३४ फाउल गरे ।
इजिप्टविरुद्ध सबभन्दा कम फाउल भयो । उसले खेलेको तीन म्याचमा प्रतिद्वन्द्वीहरू टोलीले २१ फाउल गरे ।
एजेन्सी