![बाढीमा डुबेका भक्तपुरका बस्ती पुग्दा जे देखियो [फोटोफिचर / भिडियो]](https://lktcdn2.prixacdn.net/media/IMG_4160_0VHVdaQaLO.jpg)
भक्तपुर – अविरल वर्षासँगै हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरका कैयन बस्ती डुबानमा परे । अरनिको राजमार्गस्थित राधेराधे र भाटभटेनी सुपरमार्केट लगायत क्षेत्रका बस्ती डुबानमा परेका हुन् ।
बाढीले भक्तपुर नगरपालिकाका ३ र मध्युपर थिमी तथा सूर्यविनायक नगरपालिकाका ३ गरी ६ वटा वडाका खोला आसपासका बस्तीहरू डुबानमा परेका छन् ।
बाढीले केही चौपाया समेत बगाएको छ । खोला किनारमा रहेको एउटा फार्मबाट २४ वटा बंगुरका पाठा बगाएको हाे ।
यसैगरी बाढीले चारडोबाटोबाट बालकोट जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ ।
बिहीवार दिउँसो वर्षा कम भए पनि डुबान प्रभावित क्षेत्रमा पानी सुकेको छैन ।

















