३२ असार २०८३, बिहीबार

क्रोएसियाले सेमिफाइनल जितेपछि स्टेडियममै नाचिन् राष्ट्रपति (भिडियो)

क्रोएसियाले सेमिफाइनल जितेपछि स्टेडियममै नाचिन् राष्ट्रपति (भिडियो)

काठमाडौं – क्रोएसियाले फूटबल विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डलाई हराएपछि राष्ट्रपति कोलिन्डा ग्य्राबर किट्रोबिच खुशीले स्टेडियममै नाच्न थालिन् ।

म्याच हेर्नैका लागि उनी सबै प्रोटोकल तोडेर इकोनोमी क्लासको उडानमा यात्रा गरेर रुस पुगेकी थिइन् । म्याचका बेलामा उनले आफ्नो देशको झण्डाको रंग भएको पोशाक लगाएकी थिइन् । उनले खेलाडीहरूको उत्साह बढाएकी थिइन् ।

क्वार्टरफाइनलमा रुसविरुद्ध क्रोएसियाले खेल्दा पनि राष्ट्रपति खेल हेर्न पुगेकी थिइन् । म्याचमा क्रोएसियाले पहिलो गोल हान्दा राष्ट्रपति नाच्न थालिन् । त्यतिखेर रुसका प्रधानमन्त्री दिमित्री मेदभेदेभ पनि उपस्थित थिए तर कोलिन्डाले खुशी
अभिव्यक्त गर्न कुनै हिचकिचाहट देखाइनन् । 

खेल सकिएपछि उनले ड्रेसिङ रूममा गएर खेलाडीहरूसँग उत्सव पनि मनाइन् । 

कोलिन्डा क्रोएसियाकी पहिलो महिला राष्ट्रपति हुन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्