०१ साउन २०८३, शुक्रबार

फूटबल विश्वकपलाई रंगीन बनाए यी सुन्दरीहरूले !

फूटबल विश्वकपलाई रंगीन बनाए यी सुन्दरीहरूले !

काठमाडौं – रुसमा चलिरहेको फूटबल विश्वकप आजबाट सकिँदैछ । फूटबल मैदानमा फूटबलरहरूले राम्रो प्रदर्शन गरेर प्रशंसकको मन जिते भने मैदानबाहिर सुन्दरीहरू उपस्थित भएर दर्शकको मन चोरे । 

इंग्ल्यान्डका फूटबलर ह्यारी केनकी प्रेमिका केटी गूडल्यान्डले सुन्दरताका कारण धेरैको मन जितिन् । उनी इंग्ल्यान्डका सबै म्याच हेर्न पुगिन् । 

विश्वकपकी आधिकारिक दूत भिक्टोरिया लोपिरेभा पनि अनेकौं म्याचमा देखिइन् । उनी अत्यन्तै सुन्दर छिन् र उनका धेरै प्रशंसक छन् । 

रुसी टोलीकी प्रशंसक नताल्या नेमचिनोभा रंगशालामा देखिएरै रातारात प्रसिद्ध भइन् । 

क्रिस्टियानो रोनाल्डोकी प्रेमिका जर्जिना रोड्रिगेज पनि पोर्चुगलले खेलेका खेलका बेलामा रंगशालामा उपस्थित भएर दर्शकको आकर्षणको केन्द्र बनिन् । 


फ्रान्सका मिडफील्डर पल पोग्बाकी प्रेमिका मारिया स्यालेयुस फाइनलमा देखिन सक्छिन् । 

अनि केही सुन्दर प्रशंसकहरूमा क्यामरा अल्झियो । अति नै सुन्दर युवतीहरू आआफ्नो टीमको समर्थन गर्न स्टेडियम पुगे ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्