काठमाडौं, ४ फागुन — हामीले बोटबिरुवा रोप्दाखेरी तीनवटा मुख्य कुरा गर्छौं : सही ठाउँमा खन्ने, राम्रो मल हाल्ने र चाहिने जति पानी हाल्ने । मल चाहिँ बिरुवालाई आवश्यक हुने पोषण भएका कारण हाल्नुपर्छ ।
मल खोज्न टाढा जानै पर्दैन । घरैमा उपलब्ध कुराबाट गजबको मल बन्छ । मलमा पहिल्यै मिश्रण गरिएका तत्त्वहरू हुन्छन् । सल्फर, नाइट्रोजन र पोटासियम जस्ता तत्त्वका कारण बिरुवालाई बढ्न मद्दत पुग्छ ।
यो कुरा अण्डा र केराले नै दिन्छन् । प्रयोगमा नआएको अण्डा र धेर पाकेको केराबाट मल बन्छ ।
यिनीहरूलाई मुछेर घालमेल चाहिँ नगर्नुस् । जस्ता छन्, त्यही अवस्थामै जमीनको खाल्टोमा गाडिदिनुस् । खाल्टो १० देखि १२ इन्च गहिरो हुनसक्छ । त्यसपछि खाल्टो आधा भरिदिनुस् । अनि त्यहाँ टमाटरको बिरुवा रोपेर त्यसलाई माटोले पुरिदिनुस् । अण्डा र केराले बिरुवालाई पोषण दिन्छन् । यी गजबका मल हुन् ।