
सोमबार( भोलि) हरिशयनी एकादशी नेपाल भारत लगायतमा हिन्दूधर्मावलम्बीहरुले मनाउने गर्छन् ।
यसलाई हरिशयनी, देवशयनी, विष्णुशयनी, पदमा एवं शयन एकादशीको नामले पनि चिनिन्छ । यस एकादशीको व्रत प्रभावका करण लोक मा भोग र परलोकमा मुक्ति प्राप्त हुने धार्मिक विश्वास छ । व्रत गर्न नसकेपनि यस
कथालाई अवश्य पढ्ने र सुन्नुपर्ने धर्मशास्त्रमा व्याख्या गरिएको छ ।
भविष्योत्तर पुराण्मा एकादशीहरुको महिमा वर्णन गरिएको छ ।
पुराणहरुका अनुसार यस दिनबाट भगवान विष्णु चार महिनाका लागि पाताल लोकमा वलिको द्वारमा बस्ने गर्नुहुन्छ ।
र कात्र्तिक शुक्ल एकादशीमा फर्कनुहुन्छ ।
यस दिनबाट भगवान विष्णु चार महिना सागरमा शयन गर्ने भएका कारण यो एकादशीलाई हरिशयनी एकदशी भनिन्छ । धर्मशास्त्रका अनुसार यो चार महिना भगवान विष्णु निन्द्रामा हुने भएका कारण यो समयमा महत्वपूर्ण कार्य गर्न वर्जित गरिएको छ ।
यो समयमा विवाह लगायतका काम गर्न नहुने धर्मशास्त्रमा व्याख्या गरिएको छ ।
ब्रह्म वैवर्त पुराणका अनुसार हरिशयनी एकादशीको निकै ठूलो महत्वा छ । यो एकादशीमा व्रत वस्नाले सै मनोकामना पूरा हुने छ भने सवै पाप नष्ट भइ भगवान हृषीकेश प्रसन्नु हुनुहुनेछ ।