×

NMB BANK
NIC ASIA

काठमाडौं – संवैधानिक परिषदद्वारा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश कामु प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ सकिएको छ ।

Muktinath Bank

संसद सचिवालय सिंहदरवारमा बिहीवार दिउँसो भएको सुनुवाइका क्रममा सांसदहरूले जोशीलाई शैक्षिक प्रमाणपत्र र उनले विगतमा दिएका आदेशलगायतका विषयमा प्रश्न गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाका सांसद सुरेन्द्र पाण्डेले सर्वोच्चको आदेशका कारण सडक विस्तार रोकिएको भन्दै प्रधानन्यायाधीशलाई थानकोटतिर घर बनाइदिनुपर्‍यो भनेर व्यंग्य गरे । 'सडकलगायत विकास निर्माणका काममा 'स्टे अर्डर' धेरै भयो,' पाण्डेले भने– 'सर्वसाधारणले श्रीमानहरूको घर थानकोट-नागढुंगातिर बनाइदिनुपर्ला भनेर व्यंग्य गर्ने गरेका छन् ।'


Advertisment
Nabil box
Kumari

कलंकी-थानकोट सडकखण्डमा सर्वोच्चका दर्जनौं 'स्टे अर्डर'का कारण समयमै काम गर्न नसकिएको ठेकेदेरहरूले बताउने गरेका छन् ।

Vianet communication

जवाफमा कामु प्रन्या जोशीले सरकारले न्यूनतम मुआब्जासमेत नदिएकाले समस्या निम्तिएको बताए । सरकारले पीडितहरूलाई न्यूनतम मुआब्जा त उपलब्ध गराउनुपर्‍यो नि ! भन्ने अदालतको राय रहेको उनको भनाइ थियो ।

यस्तै पाण्डेसहितका अधिकांश प्रश्नकर्ताले जोशीको प्रमाणपत्रका सम्बन्धमा विवाद देखिएको भन्दै न्यायाधीशहरूको प्रमाणपत्र किन यसरी विवादमा आउँछन् ? भनेर प्रश्न गरेका थिए ।

यसको प्रतिक्रियामा जोशीले आफ्नो प्रमाणपत्रको प्रतिलिपि समितिलाई बुझाए ।

नेकपाकै सांसद योगेश भट्टराईले अदालतले दोषी ठहर गरेका र अपराधी भनिएका व्यक्तिहरू कामु प्रन्या जोशीकी छोरीको इन्गेजमेन्टमा सहभागी भएको प्रसंग उल्लेख गर्दै तिनीहरू तपाईंका आफन्त हुन् कि केही सम्बन्ध छ भन्दै प्रश्न गरे ।

यसैगरी कांग्रेसका भीमसेनदाश प्रधानले अदालतमा भ्रष्टाचार व्याप्त रहेको उल्लेख गर्दै त्यसलाई नियन्त्र गर्न के गर्ने भन्ने विषय कार्ययोजनामा समेट्नुभएन छ नि ! भन्दै प्रश्न गरे ।

सुनुवाइको शुरूमा नै जोशीलाई कार्ययोजना प्रस्तुत गर्न लगाइएको थियो ।

यसका अतिरिक्त सांसदहरूले एनसेल, क्यासिनो, एनआरएनसम्बन्धित मुद्दामा कानून प्रतिकूल हुनेगरी फैसला गरेको, न्यायालयमा बिचौलियाहरूको बिगबिगी भएको, न्याय प्रणाली परम्परागत नै रहेको लगायतका विषय उठाएका थिए ।

साथै सांसदहरूले छोराको विवाहमा ९० लाख रुपैयाँ खर्च गरेको तथा छोरीको इन्गेजमेन्टमा उपहार दिएको सम्बन्धमा पनि प्रश्न गरेका थिए । जोशीविरुद्ध छोराको विवाहमा ९० लाख खर्च गरेको उजुरी परेको थियो । 

जवाफमा जोशीले आफूमाथिका आरोपको खण्डन गरेका थिए ।

जोशीको संसदीय सुनुवाइ सकिएको छ । समितिले शुक्रबार दिउँसो ३ बजे पुन: बैठक बसेर जोशीका सम्बन्धमा निर्णय लिने जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x