×

NMB BANK
NIC ASIA

इँटा उद्योगलाई बालश्रममुक्त बनाउने व्यवसायीको प्रतिबद्धता

साउन १४, २०७५

NTC
Premier Steels

काठमाडौं – इँटा व्यवसायीले देशभरका इँटा उद्योगमा बालश्रमको प्रयोग नगर्ने साझा प्रतिबद्धताको घोषणा गरेका छन् ।

Muktinath Bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल इँटा उद्योग महासंघले बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजनालाई सफल बनाउन आवश्यक सहयोग घोषणा गरेको हो । देशभरका इँटा उद्योगमा बालश्रमको प्रयोग नगरिने महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘इँटा उद्योगमा बालश्रमिकको प्रयोग हुँदा उद्योगको छवि नै बिग्रने भएकाले इँटा उद्योगमा बालश्रमिकको प्रयोगलाई न्यूनीकरण गर्न जरुरी छ । विगतमा पनि हामीले प्रयासहरू गरेका थियौं,’ अध्यक्ष चित्रकारले भने, ‘सरकारको बृहत् राष्ट्रिय लक्ष्य समयमै पूरा गराउन मुलुकभरका सबै इँटा व्यवसायीको तर्फबाट आजकै मितिदेखि इँटा उद्योगमा कुनै पनि प्रकारको बालश्रमको प्रयोग गर्न नपाउने साझा प्रतिबद्धता व्यक्त गर्छु ।’


Advertisment
Nabil box
Kumari

बालश्रम निवारणमा प्रदेश र स्थानीय तह तथा निजी उद्योगी व्यवसायीको सहकार्यमा बालश्रम पूर्ण रुपमा निवारण गरी मुुलुकलाई बालश्रमरहित बनाउन दृढतापूर्वक लागिपर्ने विश्वास समेत उनले दिलाए । मन्त्रालयमा आएका अन्य इँटा उद्योगी व्यवसायीले प्रतिबद्धता पत्रमा संयुक्त रुपमा हस्ताक्षर गर्दै इँटा उद्योगमा बालश्रमको प्रयोग नहुने घोषणा गरेका छन् ।

Vianet communication

पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले इँटा उद्योगीले बालश्रम निवारणको लागि प्रतिबद्धता जनाएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिए । ‘इँटा उद्योगीले बालश्रम निवारणको लागि प्रतिबद्धता जनाउनुभएको छ । यसलाई मैले अत्यन्तै ठूलो अभियानको रुपमा लिएको छु,’ उनले भने, उहाँहरूको प्रतिबद्धताले बालश्रममुक्त देश निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’

हाल देशभरका करीब ११ सय इँटा उद्योग रहेका छन् । उद्योगमा ३० हजारभन्दा बढी बालबालिका श्रम गरिरहेका जनाइएको छ । मन्त्री विष्टले परिवारको आर्थिक समस्या र अभावका कारण बालश्रम गरिरहेको सुन्नपर्दा दुःख लागेको बताए । बालश्रम अन्त्य गर्न सरकार गम्भीर रहेको भन्दै उनले सरकारले बालश्रम अन्त्यका लागि १० वर्षे गुरुयोजना बनाएको बताए ।

‘बालश्रम मानवीय सभ्यता र न्यायको हिसाबले कलंक हो । नेपालमा बालश्रममा रहेका बालबालिकालाई विद्यालय पुर्याउने र बालबालिकाको भविष्यलाई स्वस्थ बनाउने कुरामा सरकार गम्भीर छ,’ उनले भने, ‘त्यसका लागि हामीले गुरुयोजना बताएका छौं, हामी योजना मात्रै होइन, बालश्रम निवारण गर्न प्रभावकारी कार्यान्वयनको लागि व्यवस्थित कार्ययोजना बनाएर अगाडि बढ्छौं ।’

बालश्रम गर्न बाध्य भएका बालबालिकाको उद्दार गरी शिक्षामा सरकारले जोड दिने र अभिभावकलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् रोजगारीको अवसरमा पहिलो प्राथमिकता दिने मन्त्री विष्टले बताए । ‘इँटा उद्योगमा काम गर्ने श्रमिकका छोराछोरीलाई विद्यालय भर्ना गर्न सामाजिक संघसंस्थासँग सुक्ष्म छलफल गरेर अगाडि बढ्ने छौं,’ उनले भने ।

सन् १९८९ को संयुक्त राष्ट्रसंघको महासभामा पारित भएको बालअधिकार महासन्धी अनुसार अन्तर्राष्ट्रियस्तरमा गरेको प्रतिवद्धता अनुरुप १० वर्षभित्र नेपालमा सबै प्रकारका बालश्रम पूर्णरुपमा निवारण गर्ने सरकारको योजना छ । जसको लागि सरकारले बालश्रम निवारण सम्बन्धि राष्ट्रिय गुरुयोजना समेत बनाएको छ । सरकारले गुरुयोजनामा आगामी ४ वर्षमा अमर्यादित र शोषणयुक्त बालश्रम निवारण गर्ने र आगामी १० वर्षसम्म सबै किसिमका बालश्रम निवारण गर्ने लक्ष्य लिएको छ ।

सरकारले बनाएको गुरुयोजनालाई तोकिएकै समयमा हासिल गर्न नीतिगत, कानूनी, संस्थागत सुधार गर्ने, सरोकारवालाको क्षमता अभिवृद्धि गर्ने, बालश्रममा परेका बालबालिकाको नियमित खोजी, अनुगमन, उद्दार र पुनस्र्थापना गर्ने र प्रत्यक्ष लक्षित कार्यक्रममार्फत् बालश्रमको जोखिममा परेका बालबालिका तथा तिनका परिवारका लागि आवश्यक सहयोग गर्ने ५ वटा रणनीति समेत तय गरेको छ । रणनीति अनुसार प्रदेश र सबै स्थानीय तहमा गुरुयोजना कार्यान्वयन गराउने सरकारको तयारी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x