×

NMB BANK
NIC ASIA

काठमाडौं – मंगलवार राति । करीब १२ बजेको थियो । प्रहरी प्रधान कार्यालयको सुरक्षा चुनौति सर्वेक्षण तथा समन्वय शाखाका प्रहरीबीच सर्कुलर जारी भयो । बिहान ५ बजे कार्यालय पुग्ने । 

Muktinath Bank

विशिष्ट व्यक्तिको सुरक्षाका लागि परिचालन हुने कर्मचारीहरू बिहान ५ नबज्दै प्रहरी प्रधान कार्यालयस्थित सुरक्षा समन्वय शाखामा पुगे । केही सांसदलाई सुरक्षा चुनौती बढेको भन्दै शाखाबाट १५ जना प्रहरी सहायक निरीक्षक (असई) लाई छनौट गरी सांसदको व्यक्तिगत सुरक्षार्थ परिचालन हुन भनियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही आधारमा सबै जना बिहान ६ बजेदेखि ड्यूटीका लागि परिचालन भए । उनीहरूलाई संसदीय सुनुवाइ विशेष समितिका सदस्य (सांसद) हरूको सुरक्षार्थ खटाइको थियो । तर, कतिपय सांसदले भने आफ्नो व्यक्तिगत सुरक्षामा कुनै खतरा नभएको भन्दै सुरक्षाकर्मी लिन मानेनन् । तर, नेकपाका ६ जना सांसदले भने व्यक्तिगत सुरक्षार्थ सुरक्षाकर्मी (पीएसओ) लिए । 


Advertisment
Nabil box
Kumari

सांसदको कञ्चटमा पेस्तोल ? 

Vianet communication

मंगलवार राति करीब १० बजेतिर प्रहरी प्रधान कार्यालयमा एउटा सूचना पुग्यो – नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)की सांसद निरुदेवी पालमाथि सांघातिक आक्रमणको प्रयास भएको भनेर । सांसद पाल सुनुवाइ विशेष समितिकी सदस्य हुन् । 

प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ चलिरहेका बेला पालमाथि सांघातिक आक्रमणको प्रयास भएको विषय प्रहरीले पनि गम्भीर रुपमा लियो । सोही सूचनाका आधारमा प्रहरीले सुरक्षा अवस्थाको विश्लेषण गरी बुधवारदेखि सुनुवाइ समितिका सबै सदस्यको व्यक्तिगत सुरक्षाका लागि पीएसओ उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रधान्यायाधीशको सुनुवाइ सम्बन्धमा १ हप्तादेखि अनिर्णित रहेको सुनुवाइ समितिको बुधवारको बैठकमा धेरैले केही न केही निर्णय हुने अपेक्षा गरेका थिए । सोही आधारमा नेपाली कांग्रेसका सांसदहरू ‘एजेन्डा’ सहित उपस्थित भएका थिए । 

दिउँसो साढे ३ बजेको समय तय गरिएपनि डेढ घण्टा ढिलो गरी शुरू भएको बैठकमा पहिलो एजेन्डा भने अर्कै बन्यो । जो सुन्दा समितिका सदस्य नै आश्चर्यमा परे । 

समितिकी सदस्य निरु पालले आफूमाथि काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा आक्रमण प्रयास भएको र प्रधानन्यायाधीशको सुनुवाइमा ‘तलमाथि’ नगर्न धम्की समेत दिइएको बताइन् । बैठकमा गम्भीर रुपमा प्रस्तुत भएकी सांसद पालको कुरा सुनेर समितिका अन्य सदस्य पनि स्तब्ध रहे । 

पालको कुरा सुनिसकेपछि बुधवारको बैठकमा प्रधानन्यायाधीशको सुनुवाइ सम्बन्धमा गर्ने निर्णयको विषयले प्रवेश नै पाएन । बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले पालमाथि भएको घटनाप्रति दुःख व्यक्त गर्दै समितिका सबै सदस्यको सुरक्षा व्यवस्था मजबुत बनाउन संसद सचिवालयलाई निर्देशन दिइएको बताए । 

प्रहरीको नोटिसमा छैन घटना

सांसद निरु पालले संसदीय सुनुवाइ विशेष समितिमा सुनाएको घटना विवरणअनुसार मंगलवार राति ८ बजेतिर उनीमाथि नयाँ वानेश्वर क्षेत्रमा आक्रमण प्रयास भएको देखिन्छ । 

सांसद पालले आफू दूध किन्न बाहिर निस्किएको र दूध लिएर फर्किदै गर्दा डेरा नजिकैको साँघुरो बाटो छेउमा रहेका एक युवकले घाँटीको माथि (कञ्चटनजिक) पेस्तोल राखेर धम्की दिइएको बताएकी छन् । सांसद पालकै शब्दमा पेस्तोल देखाउने युवकले ‘सुनुवाइ समितिको बैठकमा गइस् भने तेरो बाउ खड्के ओलीले पनि तेरो लाश पाउँदैन’ भनेर धम्की दिए । 

सांसद पालले बिहीवारको संसद बैठकमा समेत आफूमाथि भएको आक्रमणबारे कुरा राखिन् । तर, प्रहरीले भने उक्त घटना ‘नोटिस’मा नभएको बताएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्रीले घटनाको विषयमा कुनै औपचारिक जानकारी प्राप्त नभएको बताए । घटनाबारे कुनै औपचारिक जानकारी र उजुरी समेत प्राप्त नभएकाले अनुसन्धान समेत नभएको प्रवक्ता क्षेत्रीले लोकान्तरलाई बताए । 

‘विशिष्ट व्यक्ति र सांसदको व्यक्तिगत सुरक्षा चुनौती बढेमा सुरक्षाकर्मी (पीएसओ) खटाउने भन्ने म्यान्डेट नै हुन्छ,’ एसएसपी क्षेत्रीले लोकान्तरसँग भने, ‘तर, तपाईंले भनेको (पालमाथि आक्रमणको) घटनाबारे हामीलाई कुनै जानकारी छैन । केही सांसदमाथि सुरक्षा चुनौती बढेको आधारमा सुरक्षाका लागि पीएसओ खटाइएको हो ।’

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले पनि पालमाथि भएको भनिएको आक्रमणको घटनाबारे आफूहरूलाई कुनै जानकारी नभएको बताए । ‘यो घटनाबारे हामीलाई कुनै औपचारिक जानकारी प्राप्त भएको छैन । न त पीडित पक्षको उजुरी नै आएको छ, न त माथिल्लो निकायबाट कुनै निर्देशन नै प्राप्त भएको छ,’ एसएसपी सिंहले भने । 

महानगरीय प्रहरी परिसर काठमाडौंले पनि पालमाथि भएको घटनाबारे औपचारिक जानकारी प्राप्त नभएको बताएको छ । काठमाडौं परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाले पीडित पक्षबाट कुनै उजुरी नआएकाले घटनाको विषयमा अनुसन्धान गर्ने कुनै आधार फेला नपरेको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x