१० असार २०८३, बुधबार

निर्माणाधीन घरमा फेला परेको थियो अपहरणमा परेका बालक खड्काको शव

साउन २१, २०७५
निर्माणाधीन घरमा फेला परेको थियो अपहरणमा परेका बालक खड्काको शव

काठमाडौं– आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरणमा परेका बालक निशान खड्का मृत फेला परेका छन् । 

अपराध महाशाखाको टोलीले खोजतलास गर्ने क्रममा अपहरणकरीसँग दोहोरो मुठभेड भएको थियो । त्यस क्रममा दुई अपहरणकारीको मृत्यु भएको छ । 

भक्तपुर नगरपालिका–७ स्थित श्याम लवतको निर्माणधीन घरमा बालकको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । 

शव भेटिएपछि अपहरणकारीको पिछा गर्ने क्रममा सूर्यविनायक नगरपालिका ८ पाइलटबाबाको आश्रम जाने बाटोको जंगलमा अपहरणकारीसँग मुठभेड भएको थियो ।  मुठभेड हुँदा प्रहरीको जवाफी कारवाहीमा दुई जना अपहरणकारीको मृत्यु भएको हो । 

मृतक अपहरणकारीहरुको नाम खुल्न सकेको छैन । अपराध महाशाखको टोलीले घटनास्थलबाट एउटा पेस्तोल, दुई राउण्ड गोली, केही मोबाइल फेला पारेको छ । 

यसअघि अपराध महाशाखाको टोलीले सोमबार मध्याह्न अपहरणको आशंकामा एक जना महिलालाई पक्राउ गरेको थियो । अहिले उनीसँग सोधपुछ र छानविन भइरहेको प्रहरीले जनाएको छ । 

यस्तो थियो घटना 

आइतवार साँझ करिब ६ बजे काँडाघारीबाट बालक अपहरण परेको प्रहरीलाई सूचना प्राप्त भएको थियो । 

सिन्धुपाल्चोक घर भई काँडाघारीमा चिया पसल चलाउने महिलाका ११ वर्षीय छोरा निशान खड्का अपहरणमा परेका थिए । 

अपहरणकारीले बालककी आमासँग ४० लाख फिरौती रकम माग गरेका थिए । 

अपहरणको सूचना पाएपछि आइतवार राति ८ बजेदेखि प्रहरी परिचालन भएको थियो । 

बालकको बुवा कामका लागि मलेसियामा रहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्