
काठमाडौं – रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले तिर्नुपर्ने हवाइ भाडा घटेको छ ।
यसअघि कामदारहरूले हवाइ भाडावापत ५२९.७५ डलर अर्थात् करीब ५८ हजार नेपाली रूपैयाँ बुझाउने गरेकोमा अब त्यो रकम घटेर ४११ डलर अर्थात् करीब ४५ हजार नेपाली रुपैयाँमा झारिएको श्रम मन्त्रालयअन्तर्गत ईपीएस कोरिया शाखाले जनाएको छ ।
२३ प्रतिशतले घटेको हवाइ भाडा पहिलेको भन्दा करीब १३ हजार कम हुन आउँछ ।
आइतबार हवाइ भाडा निर्धारणको बोलपत्र स्वीकृत भएपछि भाडा घटेको विज्ञप्तिमार्फत् जनाइएको छ ।
हेर्नुहोस्, विज्ञप्ति :
