×

NMB BANK
NIC ASIA

नक्कली भिसा देखाएर ‘रकम उठाउने’का पक्षमा अदालतको आदेश, सरकारी अड्डाको चक्कर लगाउँदै पीडित !

भदौ ५, २०७५

NTC
Premier Steels

काठमाडौं –‘हामीलाई नक्कली भिसा र नक्कली टिकट देखाएर ठगियो । फोन गरेर म्यानपावरवालालाई बोलाइदिनुस् न सर !’

Muktinath Bank

वैदेशिक रोजगार विभागका निर्देशक उद्धवप्रसाद रिजालको कार्यकक्षमा एकसाथ छिरेका ९ जनामध्ये एक युवकले आग्रह गरे । उनीहरूसँगै विभागको अनुसन्धान तथा उजुरी शाखाका अधिकृत रञ्जनप्रसाद तिमल्सिना पनि फाइल बोकेर उपस्थित थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तिमल्सिनाले निर्देशक रिजाललाई ती युवाको समस्याबारे जानकारी गराए । साथै उनले आफ्नो फोन म्यानपावरवालाले नउठाएको जानकारी पनि दिए ।


Advertisment
Nabil box
Kumari

निर्देशकले नै पहल गरे समस्या समाधान हुन्छ कि भन्ने आशामा देखिएका एक युवकले आग्रह गरे – ‘छिटो फोन गरेर कुरा गर्नुस् न सर । म्यानपावरले के भन्छ, हामी पनि सुन्छौं ।’

Vianet communication

अर्का युवकले थपे– त्यसलाई तुरुन्त पक्राउ गर्नुपर्‍यो ।

त्यसक्रममा केहीबेर छलफल भयो । 

छलफलपछि निर्देशक रिजालले आश्वासन दिए– ‘म्यानपावर कम्पनी छलफलमा आए छलफल गर्छौं, नत्र कारवाही प्रक्रिया अघि बढ्छ ।’

निर्देशकको आश्वासनपश्चात उनीहरू बाहिरिए ।

यसरी ठगियो

म्याग्दीको एउटै गाउँका ७ जना युवा दुबई जानका लागि घरबाट बिदा भएर काठमाडौं आए ।

काठमाडौं आएपछि विदेश पठाइदिने भनेर पैसा बुझाएको भेरी एन्ड कर्णाली इन्टरनेसनल प्रा.लि. नामक म्यानपावर कम्पनी सञ्चालिका कल्पना रावललाई भेटे ।

दुईतीन दिनमा नै उडान छ भनेर बोलाएकी कम्पनी सञ्चालिका रावलले उनीहरूलाई हवाइ टिकट देखाउँदै फ्लाइट सरेको भनेर फर्काइन् ।

रावलले उनीहरूलाई दुबई प्रहरीमा जागिरका लागि भिसा लागिसकेको भन्दै पासपोर्ट पनि देखाइन् ।

हवाइ टिकट र भिसा लागेको पासपोर्ट देखेपछि उनीहरूलाई रावलको कुरामा विश्वास लाग्ने नै भयो । त्यो दिन चुपचाप फर्किए ।

दुबईमा मासिक १ लाख नेपाली रूपैयाँ कमाइ हुने भन्दै उनीहरूबाट प्रतिव्यक्ति ५ लाख लिइएको थियो । तर पटक-पटक फ्लाइट सरेको भनेपछि उनीहरूलाई शंका लाग्यो । त्यसपछि श्रम मन्त्रालयमा बुझ्न गए ।

‘म्यानपावरले दिनदिनै फर्काउन थालेपछि श्रम मन्त्रालयमा बुझ्दा दुबईमा प्रहरीका लागि कुनै भिसा नै लागेको रहेनछ,’ पीडित चन्द्रबहादुर छन्त्यालले लोकान्तरसँग भने । 

आफूहरू ठगिएको थाहा पाएपछि उनीहरूले पैसा फिर्ता मागे । त्यसपछि त म्यानपावर सञ्चालिका रावल सम्पर्कमै आउन छाडिन् ।

आफ्नो पैसा फसेपछि गत शुक्रवार उनीहरू विभागमा उजुरी दिन पुगेका थिए ।

आफ्नो उजुरीउपर के कारवाही भइरहेको छ भन्ने बुझ्न सोमवार पनि उनीहरू विभागमा आएका रहेछन् ।

‘दुबईमा मासिक १ लाख कमाइ हुन्छ भनेर पुसदेखि ८ महिनासम्म झुलायो । न दुबई पठायो न पैसा फिर्ता गर्छ,’ पीडितले लोकान्तरसँग भने, ‘हामीलाई ठगी गर्नेलाई कारवाही गरी क्षतिपूर्ति पाउँ भनेर अहिले यहाँ उजुरी दिएका छौं ।’

घरबाट बिदा भएर आइसकेका उनीहरू अहिले काठमाडौंमा भौँतारिँदै छन् ।

अमेरिका पठाउने भन्दै ठगी

भेरी कर्णाली म्यानपावरले दुबई मात्र होइन अमेरिका पठाउने भन्दै पनि ठगी गरेको छ ।

म्याग्दीका दलबहादुर छन्त्याल र अर्का एक जना यसरी ठगीमा परेका हुन् । कूल २६ लाख बुझाए अमेरिका पठाइदिने भनेकी रावललाई उनीहरूले एड्भान्स स्वरूप ५ लाख बुझाएका थिए ।

एक लाख रूपैयाँ हातैमा र चार लाख रूपैयाँ आईएमईमार्फत् बुझाएको पीडित छन्त्यालले बताए । ‘हामी बुढाबुढीलाई नै अमेरिका पठाउने भनेपछि मैले एक लाख रुपैयाँ क्यास बुझाएँ । म्यानपावरवालाले कृष्ण श्रेष्ठको नाममा चार लाख आईएमई गरिदिनु भन्यो, त्यो पनि पठाएँ,’ छन्त्यालले लोकान्तरसँग भने, ‘पछि तपाईंको काम भएन दाइ भन्यो । पैसा फिर्ता माग्दा भोलि–भोलि भनेको ८ महिना बितिसक्यो ।’

मलेसिया, न्युजिल्यान्डलगायतका देश घुमेर फर्किएका छन्त्याल न अमेरिका जान पाए, न पैसा नै फिर्ता भयो ।

अहिले वैदेशिक रोजगार विभागको चक्कर काट्दैछन् ।

८५ वटा उजुरी

भेरी एण्ड कर्णाली इन्टरनेसनल प्रा.लि. नामक सो म्यानपावर कम्पनीविरुद्ध विभागमा कूल ८५ वटा उजुरी परेको छ । यी उजुरी वि.सं. २०७० यताका हुन् ।

यसवर्ष मात्रै ६ वटा उजुरी विभागमा दर्ता भइसकेको छ ।

विभागबाट फोन गर्दा पनि सम्पर्कमा नआएपछि गत जेठ २३ गते देखि उक्त कम्पनीको कारोवारमा विभागले रोक लगाएको छ ।

अदालतको स्टेअर्डर !

ठगीका उजुरी परेपछि विभागले पीडितलाई उक्त म्यानपावरको धरौटी रकमबाट क्षतिपूर्ति दिलाउने निर्णय गर्‍यो । सो निर्णयविरुद्ध म्यानपावर कम्पनीले उच्च अदालत पाटनमा रिट दायर गर्‍यो ।

म्यानपावरवालाको रिटमा अदालतले स्टेअर्डर जारी गरेपछि पीडितहरू क्षतिपूर्ति पाउनबाट बञ्चित भएका छन् ।

‘हामीले धरौटी रकमबाट क्षतिपूर्ति दिलाउने निर्णय गरेका थियौं । तर त्यसमा अदालतले स्टेअर्डर जारी गरेपछि पीडितले क्षतिपूर्ति पाउन सकेका छैनन्,’ निर्देशक रिजालले भने, ‘७ जना युवाले फेरि अर्को उजुरी दिनुभएको छ । हामीले म्यानपावरवालाई फोन गर्दा उठाएको छैन ।’

निर्देशक रिजालले म्यानपावर कम्पनी सम्पर्कमा आए छलफल गराउने र नआएमा अन्य प्रक्रियाबाट कारवाही अगाडि बढाउने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x