×

NMB BANK
NIC ASIA

सरकार र आन्दोलनरत चिकित्सकहरूबीच कुरा मिलेन, आन्दोलन यथावत

भदौ १८, २०७५

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं – सरकार र आन्दोलनरत चिकित्सकहरूबीच सोमवार भएको वार्ता निष्कर्षविहीन बनेको छ । स्वास्थ्य मन्त्रालयमा करीब ५ घण्टा चलेको वार्ता विनानिष्कर्ष टुंगिएको हो ।

Muktinath Bank

सरकारी टोलीले मुलुकी अपराध संहिता ऐन– २०७४ मा संशोधन गर्नुपर्ने बुँदा सिफारिस गरी कानून मन्त्रालयमा परिपत्र पठाउने भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको थियो । तर चिकित्सकहरूले संसदमा संशोधन दर्ता नभएसम्म आन्दोलन फिर्ता नलिने अडान राखे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले संशोधन हुनुपर्ने बुँदाहरू बुझाएका छौं, संशोधन प्रक्रिया शुरू नभएसम्म आन्दोलन जारी रहन्छ,’ नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले भने ।


Advertisment
Nabil box
Kumari

मुलुकी अपराध संहिता ऐन– २०७४ मा इलाजसम्बन्धी कसुरमा संशोधनको माग गर्दै देशभरका चिकित्सक आन्दोलित बनेका हुन् ।

Vianet communication

चिकित्सकहरूले सोमवार अस्पतालका प्रशासनिक काम बन्द गराएका छन् । उनीहरू नेपाल मेडिकल काउन्सिललाई आफ्नो प्रमाणपत्र समेत बुझाएर आन्दोलनमा उत्रिएपछि स्वास्थ्य मन्त्रालयले वार्तामा बोलाएको थियो ।

भोलि आकस्मिक बाहेक अन्तरंग सेवामा बिरामी भर्ना नगर्ने, २० गतेदेखि आकस्मिक सेवा बाहेकका अन्य अपरेसनहरू बन्द गर्ने घोषणा संघले गरेको छ ।

यस्तै २१ गतेदेखि आकस्मिकबाहेकका ल्याब तथा रेडियोलोजी सेवा बन्द गर्ने । २२ गतेदेखि माग सम्बोधन नभएसम्म आकस्मिकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने डाक्टरहरूको तयारी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x