×

NMB BANK
NIC ASIA

निर्मलाका बाआमाको चित्कार : हामीलाई पनि गोली ठोक सरकार !

भदौ २८, २०७५

NTC
Premier Steels

काठमाडौं –कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै अधिकारकर्मीको टोलीसहित काठमाडौं आइपुगेका मृतकका बुवा–आमाले रुँदै सरकारसँग न्यायको याचना गरेका छन् ।

Muktinath Bank

बलात्कारपछि हत्या गरिएकी निर्मलालाई न्याय माग गर्दै कञ्चपुरका केही अधिकारकर्मीसहित काठमाडौं आइपुगेका पन्त दम्पतीले बिहीवार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा रुँदै न्याय दिलाउन नसके आफूलाई पनि गोली हानेर मार्न सरकारलाई आग्रह गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पत्रकार सम्मेलनमा भक्कानिँदै मृतक निर्मलाका बुवा यज्ञराज पन्तले छोरीको हत्या भएको घटनाबारे सुनाउँदै भने, ‘सरकार कि हत्यारा सार्वजनिक गर कि हामीलाई पनि गोली हानेर मारी दे !’


Advertisment
Nabil box
Kumari

छोरीको साइकल भेटिएपछि निर्मलाकी साथीकी दिदी बबिता बमले साइकल भेटिएको भए लास पनि त्यतै होला भनेर भनेको प्रसङ्ग सुनाउँदै गर्दा उनी सम्हालिन सकेनन् । यज्ञराजको भक्कानोसँगै पत्रकार सम्मेलनमा उपस्थित सबैका आँखा ओभानो रहेनन् । रुमालले आँशु पुछ्दै उनले थपे, ‘उसलाई कसरी थाहा भयो ? त्यति प्रमाण मिल्दामिल्दै पनि सरकारले उल्टै त्यसलाई संरक्षण गरिरहेको छ । कि हामीलाई न्याय चाहियो कि हामीलाई पनि मारी देऊ ।’

Vianet communication

उनले घटनाका सम्बन्धमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिप्रति समेत असन्तुष्टि व्यक्त गर्दै भने, ‘प्रधानमन्त्री ज्यूले बोल्नुभएको एउटा कुरा पनि सही छैन,’ उनले भने, ‘मलाई न्याय दिलाउनुपर्यो जसरी भएपनि ।’

पत्रकार सम्मेलनमा निर्मलाकी आमा दुर्गादेवी पन्तले आफूलाई जसरी पनि न्याय दिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री केपी शर्मा शर्मा ओलीलाई आग्रह गरिन् । न्याय दिन नसक्ने भए ‘हामी सक्दैनौं’ भनेर आफूलाई पनि गोली ठोकिदिन उनको आग्रह छ ।

निर्मलाका आमाबुवासँगै आएका स्थानीय अधिकारकर्मीले न्याय नपाई कञ्चनपुर नफर्किने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २७, २०८०

सुन तस्करी सम्बन्धमा कर्मचारीमाथि धरपकड शुरू गरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले काम ठप्प पारेका छन् । साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका क...

असार ४, २०७८

काठमाडौंवासीका लागि मेलम्ची खानेपानी आयोजना वर्षाैंको सपना हो । मेलम्ची सपना पूरा हुने गरी हालै उद्घाटन कार्यक्रम समेत भएर अन्तिम परीक्षण भइरहेको थियो । वर्षाैंदेखिको मेलम्ची सपना अन्तिम चरणमा पुगेका बेला ...

जेठ १२, २०७७

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले नक्सा जारी गरेपछि नेपाल र भारत दुवैतर्फबाट ‘प्रमाण जुटाउने युद्ध’ छेडिएको छ । नेपालका तर्फबाट कतिपय प्रमाणहरू मिडियामा छताछुल्ल भएपछि भारतले त्...

कात्तिक ३, २०८०

ललितपुर महानगरपालिकाको खोकनामा शुक्रवार सिकाली जात्रा मनाइएको छ। जात्रामा विभिन्न बाजागाजासहित नेवारी संस्कृतिमा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।  स्थानीय बासिन्दा जगतबहादुर डङ्गोलका अनुस...

असार २३, २०७९

काठमाडौं महानगरपालिकाले काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको छ । काठमाडौंको टुँडिखेल वा रत्नपार्क नजिकको खुलामञ्च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खु...

असार ५, २०७८

कोरोनाभाइरस (कोभिड १९) को महामारीले देश आक्रान्त छ । कोरोनाको दोस्रो लहर अझै घातक रूपमा फैलिँदा सयौंले ज्यान गुमाएका छन् । हजारौं संक्रमित भएका छन् । बीचमा त अवस्था यस्तो पनि आयो, अस्पतालमा बेड नपाएरै ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x