कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
असोज २४, २०७५
काठमाडौं – ललितपुरको सातदोबाटोमा निर्मित महानगरीय ट्राफिक प्रहरी परिसरको भवन उद्घाटन गरिएको छ । स्थानीयको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त भवन मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका हुन् ।
भवन उद्घाटनपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खानालले प्रहरीको बोली र व्यवहार पनि भवनजस्तै राम्रो हुनुपर्ने बताए । ‘अभावको बीचमा पनि ट्राफिक प्रहरी र नेपल प्रहरी अहोरात्र खटिएको छ, यो नयाँ भवनजस्तै प्रहरीको बोली, वचन र व्यवहार पनि राम्रो हुन जरुरी छ,’ प्रहरी महानिरीक्षक खनालले भने, ‘प्रहरी निरीक्षक सिताराम हाछेथुजस्तै राष्ट्रप्रति सर्मपित भएर इमान्दारिताका साथ लाग्नुपर्छ ।’
उनले राष्ट्र र नागरिकको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीको भएको भन्दै गलत कार्य गर्ने प्रहरी जवान प्रहरी संगठनमा नै रहन नहुने समेत बताए ।
भवन उद्घाटन समारोहमा ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले ललितपुरको ट्राफिक व्यवस्थापनमा सुधार गर्नुपर्ने धेरै कुरा गर्न नसकिएको बताए ।
ललितपुर क्षेत्रका सडक व्यवस्थापनमा आफू गम्भीर रहेको भन्दै महर्जनले निकट भविष्यमा ललितपुरमा साइकल लेन निर्माण तथा इलोक्ट्रोनिक्स सार्वजनिक बस सञ्चालन गरिने बताए । मेयर महर्जनले ललितपुरको ट्राफिक व्यवस्थापनलाई राम्रो बनाउन योगदान पु¥याएको भन्दै प्रहरी निरीक्षण सीताराम हाछेथुको प्रशंसा समेत गरे ।
२०७२ सालदेखि निर्माण थालिएको उक्त भवन २ करोड १६ लाखको लागतमा निर्माण सम्पन्न भएको भवन निर्माण समितिले जनाएको छ । उक्त भवन निर्माणका लागि ३ करोड ५० लाख लागत लाग्ने अनुमान गरिएपनि २ करोड १६ लाखमा नै निर्माण सम्पन्न गर्न सफल भएको निर्माण समितिका कोषाध्यक्ष रामकाजी अवालेले जानकारी दिए । उक्त भवन निर्माणका लागि ललितपुरका १ सय ९८ जनाले आर्थिक सहयोग गरेका छन् ।
भवन उद्घाटन समारोहमा समितिले भवन निर्माणका लागि अहोरात्र खटिएर महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै प्रहरी निरीक्षक सीताराम हाछेथुलाई एक लाख एक हजार सहित सम्मान गरिएको छ ।
यस्तै ट्राफिक प्रहरी परिसरका हवल्दार ईश्वरप्रसाद बञ्जारालाई ५१ हजारसहित सम्मान गरिएको छ । कार्यक्रममा भवन निर्माणमा एक लाखभन्दा माथि सहयोग गर्ने दाताहरूलाई समेत सम्मान गरिएको थियो ।
महानगरीय ट्राफिक प्रहरी परिसर भवनको उद्घाटन समारोहका थप तस्वीर :
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...