×

NMB BANK
NIC ASIA

काठमाडौं – गोरखाका टेकराज पाण्डे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आफ्नी पत्नी कुर्दै थिए । वैदेशिक रोजगारीको लागि १ वर्षअघि विदेशिएका पाण्डे दशैंका लागि २ महिनाको बिदा लिएर स्वदेश फर्किएका हुन् ।
दशैं परिवारको साथमा मनाउन पाइने खुशीमा उनको मुहार हँसिलो देखिन्थ्यो । ‘दशै मनाउन छुट्टिमा घर फर्किएको छु । भर्खर विमानस्थलमा आइपुगे, श्रीमती लिन आउँदैछिन्,’ मुस्कुराउँदै उनले भने ।

Muktinath Bank

पाण्डेले वैदेशिक रोजगारको यात्रा तय गरेको १० वर्ष भयो । १० वर्षको अवधिमा उनले केही वर्षका दशैं मात्रै मनाउन पाएका छन् । १० वर्षसम्म वैदेशिक यात्रा गरेका पाण्डे देशमा भनेजस्तो रोजगारीको अवसर नहुँदा विदेशिन बाध्य छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

बिदामा घर आएका पाण्डेलाई स्वदेशमै राम्रो रोजगारी भए नेपालमै बस्ने चाहना छ । तर, उनलाई सरकारले देशमै रोजगारीको अवसर सिर्जना गर्ला भन्ने विश्वास छैन ।

Vianet communication

‘सरकारले देशमै रोजगारी सिर्जना गरे त नेपालमै बस्थें नि ! देशमा रोजगारी त कुरामै सीमित छ, आफ्नो जीविका चलाउनका लागि विदेश जानैपर्ने बाध्यता छ,’ पाण्डेले भने, ‘२ महिनाको मात्रै बिदा छ, दशैंतिहार मानेर फेरि अर्काकै देशमा फर्किनुपर्छ ।’ उनको मुहारको चमक एकाएक हरायो ।

विमानस्थल बाहिरपट्टि बस्दै गरेका धादिङका ढकबहादुर मगर आफ्नो सामान कुर्दै थिए । साउदी अरबबाट नेपाल फर्किएका मगरको नेपाल बसाइ पनि २ महिनाको मात्रै छ । रोजगारीकै लागि वैदेशिक यात्रा तय गरेको १२ वर्ष भइसकेको छ उनले । तर, १२ वर्षको अवधिमा ३ वटा दशैं मात्र उनले नेपालमा परिवारसँग मनाउन पाए । यस वर्षको दशैं स्वदेशमा मनाउन पाउँदा उनी खुशी छन् ।

‘२ महिनाको बिदामा आएको हो, फेरि फर्कनुपर्छ । यसपालिको दशैंमा बिदा पाइयो, खुशीको कुरा यही हो,’ उनले भने, ‘हामी विदेशमा रहेका नेपालीलाई दशैंमा बिदा मिल्नु नै ठूलो कुरा हो । नेपालमै बस्न र रोजगारी गर्न पाउने कुरा त यस्तै न हो, विदेशमा पसिना नबगाई खान पुग्दैन ।’

कतारबाट दशै मनाउनकै लागि घर फर्किएका सूर्यबहादुर विश्वकर्मा पनि निकै खुशी देखिन्थें । ‘दशैं मनाउन नेपाल आइयो, धेरै खुसी लागेको छ । कुन बेला घरपरिवारलाई भेटुँ भइरहेको छ,’ उनले आफ्नो खुशी सुनाए । विश्वकर्मालाई पनि वैदेशिक रोजगारीमा जाने रहर होइन । आफ्नै देशमा रोजगारी पाए नेपालमै बस्ने उनको चाहना छ ।

विमानस्थलमा दशैंको बिदामा स्वदेश फर्किने युवाको लाइन छ यतिबेला । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले विदेशमा श्रम गरेर फर्किएकालाई नेपालमा नै ऋणसहित रोजगारीको अवसर सिर्जना गर्ने भनिरहेपनि स्वदेश फर्किएका व्यक्ति लक्षित कार्यक्रम भएको देखिँदैन । दशैं मनाउनकै लागि बिदा पाएर नेपाल फर्किएका युवा फेरि विदेश जानुपर्ने बाध्यता सम्झँदै चिन्तित छन् ।

तस्वीरमा हेनुस् दशैं मनाउन स्वदेश फर्किएका नेपाली


 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x