०२ साउन २०८३, शनिबार
रास्वपाको प्रथम महाधिवेशन

केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी दर्ता, दाबी–विरोधको समय साँझ ५ बजेसम्म

असार १०, २०८३
भरतपुर
केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी दर्ता, दाबी–विरोधको समय साँझ ५ बजेसम्म

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी सूचीकृत भएको छ ।

रास्वपाका प्रवक्ता मनिष झाले उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन भइसकेको र दाबी–विरोधको समय बुधबार साँझ ५ बजेसम्म सारिएको जानकारी दिए ।

उनका अनुसार दाबी–विरोधसम्बन्धी प्रक्रिया सम्पन्न भएपछि साँझ ६:३० बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

झाले नियतवश ढिला नभएको तर व्यवस्थापकीय कमजोरीले ढिला भएको झाले बताए ।

‘हाम्रै ढङ्ग र अनुभव नपुगेर ढिलासुस्ति भएको हो । हामीले जिम्मेवारी दिएको मान्छे गलत पर्‍यो होला तर काम नगरी कोही बसेका छैनौं’, झाले भने । 

उनले भोलि बिहीबारसम्म महाधिवेशनको सबै काम सकिने  जानकारी दिए । 

रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । 

त्यसपछि दोस्रो चरणमा पदाधिकारीका लागि निर्वाचन हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्