काठमाडाैं -कात्तिक २ गते अर्थात् आज शुक्रवार परेको यस वर्षको बडादशैंको टीकाको उत्तम साइत बिहान ९ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान ९ बजेर ३९ मिनेटमा देवी विर्सजन गरेर टीका लगाउन सकिने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिएका छन् ।