काठमाडौं। गायिका आकांक्षा बस्यालले नयाँ गीतका साथ प्रस्तुत भएकी छिन् ।
संगीत शिक्षाको लागि हाल अमेरिका रहेकी बस्यालले ‘बोलायो...’ बोलको रोमान्टिक गीत ल्याएकी हुन् । उनको सुमधुर स्वर रहेको गीतमा प्रेमभाव पोखिएको छ ।
सार्बजनिक गीतमा युवा पुस्तामाझ लोकप्रिय गायक कमल खत्रीको शब्द तथा संगीत समावेश छ । गीतलाई रिकेस गुरुङले एरेन्ज गरेका छन् ।
यसअघि पनि कमल र आकांक्षाले केही गीतहरुमा सहकार्य गरिसकेका थिए । बस्यालका ‘तिमी छौ र’, ‘म पग्लन्छु’, ‘सिंगार’, ‘मलाई रुन देउ’ लगायतका गीतहरु लोकप्रिय छन् । गीतको लिरिकल भिडियोलाइ विकास दाहालले सम्पादन गरेका हुन ।