×

NMB BANK
NIC ASIA

सन्दर्भ : विश्व मधुमेह दिवस

विश्वमा ४२ करोडभन्दा बढी मानिस मधुमेहपीडित : चिनिराख्नुस्– जोखिम, लक्षण र बच्ने उपाय

कात्तिक २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – ‘मधुमेह हरेक परिवारको सरोकार’ भन्ने नाराका साथ यस वर्षको विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

Muktinath Bank

अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार विश्वभर ४२ करोड ५० लाख मानिस मधुमेहको समस्याबाट पीडित छन् । ३५ करोड २० लाख मानिस मधुमेहको जोखिममा रहेको तथ्यांक छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुल जनसंख्याको १९ प्रतिशत नेपालीमा मधुमेहको समस्या रहेको काठमाडौं डाइबिटिज तथा थाइराड सेन्टरका निर्देशक डाक्टर अंशुमाली जोशी बताउँछन् ।


Advertisment
Nabil box
Kumari

नेपालमा प्रत्येक परिवारमा एक न एकजना मधुमेहको बिरामी रहेको उनले बताए ।

Vianet communication
Laxmi Bank

डा. जोशीका अनुसार मधुमेहका बिरामीमा यस्ता लक्षण देखिन्छन् : 

पटक–पटक पिसाब लागिरहने ।

जति खाएपनि भोक लागेजस्तो मात्रै हुने ।

शरीर कमजोर भएजस्तो अनुभव हुने ।

छाला सुक्ने, शरीर चिलाउने ।

बढी तिर्खा लागिरहने ।

दाँत र गिजा पाक्ने समस्या देखिने ।

हातखुट्टा झम्झामाउने, दुखेको थाहा नहुने ।

पिसाब नली, योनीमा संक्रमण हुने ।

यौन शक्तिमा  कमी आउने ।

यस्ता व्यक्तिमा मधुमेहको सम्भावना बढी :

तनाव धेरै लिने व्यक्ति

मोटो व्यक्ति 

अस्वास्थ्यकर जीवनशैली अपनाउने व्यक्ति

गर्भवती महिला

जन्मदा ४ केजी वा सो भन्दा धेरै भएको शिशु

अन्तर ग्रन्थी, प्याङ्क्रियाजको रोगी 

परिवारको कुनै सदस्यमा मधुमेह भएको अवस्थामा 

मधुमेहका बिरामीले समयमा उपचार र स्वास्थ्यमा ध्यान नदिँदा यसले जटिल रूप लिनसक्छ ।  

मधुमेहलाई नियन्त्रण नगर्दा लाग्न सक्ने रोग :

आँखाभित्रको नशामा क्षति भई आँखा धमिलो हुने ।

रेटिनामा क्षति भई दृष्टि गुम्न सक्छ ।

हृदयघात र पक्षघातको सम्भावना हुन्छ ।

स्मरणशक्तिमा ह्रास आउँछ ।

मिर्गौला सम्बन्धि रोग लाग्न सक्छ ।

खुट्टाको नसा क्षति भई खुट्टामा घाउ चोटपटक लाग्नेको थाहा नहुने । 

घाउ लामो समयसम्म निको नहुने । पाक्ने र खुट्टा काट्न पर्ने अवस्था समेत आउन सक्छ ।

मधुमेह लाग्नै नदिन यस्ता कुरामा ध्यान दिनुस्

खानपानमा ध्यान दिने ।

नियमित शारीरिक व्यायाम र योग गर्ने ।

मदिरापान र धुम्रपान नगर्ने ।

मधुमेहको समस्या देखिएमा चिकित्सकको सुझाव अनुसार नियमित औषधी सेवन गर्ने ।

सक्रिय जीवनशैली अपनाउने ।

स्वास्थ्यकर खाना खाने ।

समय समयमा स्वास्थ्य परीक्षण गराउने । 

स्वास्थ्य परिक्षण गराउँदा रगत, पिसाब, आँखा मुटु परिक्षण गराउने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x