२३ असार २०८३, मंगलबार

‘तिमी आउने बाटोमा...’ गायक डिजराजको ‘फूलबुट्टे सारीमा...’रिलिज [भिडियोसहित]

मंसिर १६, २०७५
‘तिमी आउने बाटोमा...’ गायक डिजराजको ‘फूलबुट्टे सारीमा...’रिलिज [भिडियोसहित]

काठमाडौं– गायक तथा सर्जक डिजराज पौड्याल नयाँ गीतका साथ स्रोता तथा दर्शकसामु प्रस्तुत भएका छन् । 

‘तिमी आउने बाटोमा...’, ‘तिमी करोडमा म त रोडमा...’लगायत युवापुस्ताको मुखमा झण्डिएका गीतका गायक डिजराजले ‘फूलबुट्टे सारीमा...’ बोलको गीत आइतबार सार्वजनिक गरेका हुन । गीतमा डिलराजका शब्द, संगीत र स्वर रहेको छ ।

उदयराज पौडेलको एरेञ्ज रहेको गीतको भिडियोमा शुभम भुजेलको कोरियोग्राफी छ । समन अधिकारी निर्देशित भिडियोमा नग्मा श्रेष्ठ, प्रशान्त तामाङ्ग, सन्तोष अधिकारी लगायतलाई फिचरिङ गरिएको छ । गीतको भिडियो दर्शकलाई आकर्षक लाग्छ ।

भिडियोलाई टंक केसीले छायाँकन गरेको हुन भने विकास ज्ञवालीले सम्पादन गरेका छन् । 

हेर्नुस् भिडियो :

salt training

कमेन्ट गर्नुहोस्