२८ असार २०८३, आइतबार

पदाधिकारीविहीन बन्यो संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, घाम तापेर दिन काट्दै कर्मचारी

पदाधिकारीविहीन बन्यो संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, घाम तापेर दिन काट्दै कर्मचारी

काठमाडौं– नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान अहिले पदाधिकारीविहीन बनेको छ । 

गत भदौदेखि प्रज्ञा प्रतिष्ठान पदाधिकारी बिहीन भएको हो । सरकारले पदाधिकारी नियुक्ति नगर्दा अहिले प्रतिष्ठानका कर्मचारीहरु घाम तापेर दिन विताइरहेका छन् । 

यसअघिका पदाधिकारीको चार वर्षे कार्यकाल भदौं १९ गते सकिएको थियो । 

नयाँ पदाधिकारी सरकारले नियुक्त नगर्दा नाट्य प्रज्ञा प्रतिष्ठान नेतृत्व विहीन भएको हो ।

दैनिक कामहरु हुन सकिरहेका छैनन् भने भएका कर्मचारीहरु घाम तापेर दिन कटाउन बाध्य छन् । 

स्रष्टाहरुको सम्मान, प्रोत्साहन तथा सम्बद्र्धनमा काम गर्दै आएको प्रतिष्ठान पदाधिकारी बिहीन बन्नु गम्भिर विषय भएको बताउँछिन् प्रतिष्ठानकी पूर्व परिषद सदस्य एवं अभिनेत्री मिथिला शर्मा ।  भन्छिन्, ‘यति धेरै समयसम्म अलमलिनु राष्ट्रसँग कुनै पनि भिजन नभएजस्तो देखियो ।’ 

उनी पदाधिकारी परिपूर्ति हुन नसक्दा यस अघिका प्राज्ञहरुले शुरु गरेको काम पनि रोकिएको बताउँछिन् । 

‘हाम्रो क्षेत्रलाई हुनुपर्ने योगदान, संरक्षण नै हुँदैन नि ! ʼउनले लोकान्तरसँग भनिन् ‘सरकारले छिटोभन्दा छिटो पदाधिकारी नियुक्ति गर्नुपर्छ ।’

पूर्व कार्यवाहक सदस्यसचिव रमेशरञ्जन झा पनि लामो समयसम्म प्रतिष्ठान पदाधिकारी बिहीन बन्नु सरकारको ठूलो कमजोरी भएको बताउँछन् । ‘पदाधिकारी नभएपछि तलब खुवाउने भन्दा अरु काम भएको छैन्’ झाले लोकान्तरसँग भने । 

यति लामो समयसम्म पदाधिकारी बिहीन भएको प्रतिष्ठानमा पदाधिकारी चयन गर्न सरकारले तत्काल प्रभावकारी कदमचाल्नुपर्ने उनी बताउँछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्