१० साउन २०८३, आइतबार

रेशमपत्नी रञ्जिता भन्छिन्– 'उहाँ जेलबाट छिट्टै घर फर्किनुहुन्छ'

पुस १९, २०७५
रेशमपत्नी रञ्जिता भन्छिन्– 'उहाँ जेलबाट छिट्टै घर फर्किनुहुन्छ'

काठमाडौं –निर्वाचित भएको १३ महिनापछि सांसदको शपथ खाएर डिल्लीबजार जेल फर्किएका कैलाली क्षेत्र नम्बर १ का सांसद रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले आफ्ना पति छिट्टै घर फर्किने विश्वास व्यक्त गरेकी छन् ।

रेशमको शपथका लागि सिंहदरबार पुगेकी रञ्जिताले रेशम छिट्टै घर फर्किने विश्वास परिवारले लिएको बताएकी हुन् ।

‘निर्वाचित भएको एक वर्षसम्म शपथ भएको थिएन । शथप लिएर उहाँ जेल गएपनि केही दिनमा घर आउनुहुन्छ भन्ने आशा गरेकी छु,’ संसद् परिसरमा पत्रकारहरूसँग रञ्जिताले भनिन् ।

रञ्जितासँगै छोरा आभुषण पनि बुवाको शपथ ग्रहण समारोह हेर्न सिंहदरबार पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्