×

NMB BANK
NIC ASIA

जलस्रोतको धनी देशमा जापानदेखि युरोपसम्मबाट पानी आयात, आफ्नै पानीमा विश्वास गर्दैनन् नेपाली !

माघ ७, २०७५

NTC
Premier Steels

काठमाडौं – जलस्रोतमा विश्वकै दोस्रो धनी देश मानिने नेपालमा एक दर्जनभन्दा बढी मुलुकबाट पानी आयात हुने गरेको पाइएको छ । व्यापार निकासी तथा प्रवर्द्धन केन्द्रको तथ्याङ्कअनुसार नेपालमा एक दर्जन मुलुकबाट वार्षिक करोडौं रूपैयाँको पानी आयात हुने गरेको छ ।

Muktinath Bank

नेपालमा चीन, भारत, फिलिपिन्स, फ्रान्स, बेलायत, थाइल्याण्ड लगायतका मुलुकबाट पानी आयात भएको उक्त तथ्याङ्कमा उल्लेख छ । यसका अलावा जापान, मलेसिया, स्विडेन, लिथुनिया, सिंगापुर र नर्वेबाट पनि नेपालमा पानी आयात भएको देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गएको तीन आर्थिक वर्षमा कुल ५ करोड ९ लाख ५८ हजार ७ सय ९८ रुपैयाँको पानी आयात भएको तथ्याङ्कमा उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०१७/०१८ मा नेपालमा कुल १ करोड ८१ लाख ६७ हजार ५ सय ७४ रुपैयाँको पानी आयात भएको छ । उक्त आर्थिक वर्षमा कुल ३ लाख ८६ हजार १ सय १४ लिटर पानी आयात भएको तथ्याङ्कले देखाएको छ ।

Vianet communication

त्यसैगरी आर्थिक वर्ष २०१६/०१७ मा १ करोड ३७ लाख ४५ हजार १ सय ६९ रूपैयाँको पानी आयात भएको केन्द्रको तथ्याङ्क छ । उक्त आर्थिक वर्षमा नेपालमा कुल ३ लाख ४४ हजार ४ सय ३९ लिटर पानी आयात भएको छ । आर्थिक वर्ष २०१५/०१६ मा १ करोड ९० लाख ४६ हजार ५५ रूपैयाँ बराबरको ९ लाख ४३ हजार १ सय ६७ लिटर पानी आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

विभिन्न तारे होटेलहरूमा प्रयोग गरिने पानी मिनरल वाटरको नाममा आयात हुने गरेको हुने र नेपालीहरूले आफ्नै मुलुकमा उत्पादन हुने पानीमाथि विश्वास गर्न छाडेका कारण पनि पानीको आयातमा मद्दत पुगेको जानकारहरु बताउँछन् ।

नेपालमा करोडौं रूपैयाँको पानी आयात भइरहँदा नेपालबाट विभिन्न मुलुकमा पछिल्लो तीन वर्षमा १७ लाख ४८ हजार २ सय १८ रूपैयाँ बराबरको पानी निर्यात भएको छ ।

आर्थिक वर्ष २०१७/०१८ मा नेपालबाट कुल १२ लाख ५७ हजार २ सय ९९ रूपैयाँ बराबरको पानी निर्यात् भएको तथ्याङ्कले देखाएको छ । त्यस्तै आर्थिक वर्ष २०१६/०१७ मा नेपालबाट १ लाख ३७ हजार १ सय ३ रूपैयाँको र आर्थिक वर्ष २०१५/०१६ मा ३३ हजार ३ सय ८ रूपैयाँ बराबरको पानी नेपालबाट निर्यात भएको केन्द्रको तथ्याङ्कले देखाएको छ ।

व्यापार निकासी तथा प्रवर्द्धन केन्द्रका केन्द्रका अधिकारीहरुले आयात तथा निर्यातको मुख्य वस्तुको सूचीमा पानी नपर्ने भएकाले पछिल्लो आर्थिक वर्ष २०१८/०१९ को तथ्याङ्क केन्द्रमा आइनपुगेको बताउँछन् । मुख्य रूपमा आयात तथा निर्यात हुने वस्तुको मात्रै पछिल्लो ८ महिनाको तथ्याङ्क संकलन भइसकेको र अन्य वस्तुको आयात तथा निर्यातको तथ्याङ्क संकलन भइनसकेको अधिकारीहरुको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x