३१ असार २०८३, बुधबार

विराटनगरमा पनि निर्मला पन्त प्रकृतिको घटना , १० वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको आशंका

माघ १३, २०७५
विराटनगरमा पनि निर्मला पन्त प्रकृतिको घटना , १० वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको आशंका

विराटनगर -विराटनगर महानगरपालिका वडा नम्बर ८ मधुमारा पुर्व सिघिया खोलाको किनारामा आईतबार एक नबालिका निर्वस्त्र अवस्थामा भेटिएकी मृत भेटिएकी छिन् । बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

विराटनगर ८ मधुमारा बलुवाईकी १० बर्षिया रुपमती कुमारी दासको बलात्कार पछि हत्या गरिएको हुन सक्ने स्थानीयले अनुमान गरेका हुन् । शनिबार राती ८ बजे छिमेकीको घरमा टिभी हेर्न गएकी दास आईतबार बिहानसम्म पनि नफर्किएपछि परिवारले उनको खोजी गरेका थिए ।

छोरी घरमा नभएपछि खोज्ने क्रममा विराटनगर महानगरपालिका ८ र कटहरी गाउँपालिका २ को सिमानामा रहेको सिंघीया खोला किनारमा ति बालिका मृत अवस्थामा फेला परेकी मृतक बालिकाका बुबा रामप्रसाद दासले बताए ।

शवको मुख र कानबाट रगत बगेको छ, भने निर्वस्त्र अवस्थामा उनको शव फेला पर्नु पलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीले पनि आशंका गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको डिएसपी कृष्ण खड्काको नेतृत्वमा घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बालिका स्थानीय नारायण आधारभूत विद्यालयमा कक्षा १ मा पढ्दै आएकी थिईन् । बालिकाको शव अकोशी अञ्चल अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ । डीएसपी खड्काले हत्या गरेर फालेको अवस्थामा शव भेटिएपछि गम्भीर रुपमा अनुसन्धान थालिएको बताए ।

यो घटनालाई कतिपयले कन्चनपुरकी निर्मला पन्तको घटना जस्तै भएको बताएका छन् । केही समय अगाडि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको पनि बलात्कारपछि हत्या भएको थियो र उनको शव निर्वस्त्र भेटिएको थियो । विराटनगरमा पनि निर्मला पन्तकै प्रकृतिको जस्तो देखिने गरी घटना सार्वजनिक भएपछि सर्वसाधारण  त्रसित भएका छन् । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्