१९ असार २०८३, शुक्रबार

कृष्ण काफ्लेले ल्याए ‘आमा’ [भिडियोसहित]

कृष्ण काफ्लेले ल्याए ‘आमा’ [भिडियोसहित]

काठमाडौं–गायक कृष्ण काफ्ले नयाँ गीतका साथ स्रोता तथा दर्शकसामु आएका छन् । उनको आवाज रहेको ‘आमा’बोलको मार्मीक गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतको भिडियोमा बिदेशिएका नेपालीहरूले आफ्नो आमा र मातृभूमिलाई गर्ने मायालाई प्रस्तुत गरिएको छ । गीतलाई मनिष बशिष्ठले रचना गरेका हुन् भने पुरुषोत्तम न्यौपानेले कम्पोज गरेका हुन् । गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । 

निकेश खड्का निर्देशित गीतको भिडियोमा कलाकार सहिन प्रजापति र शारदा अधिकारी देखिएका छन् । उत्तम हुमागाईंको छायांकन रहेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्