काठमाडौं- केही दिनअघि सार्वजनिक ‘मस्त जवानी’बोलको गीतलाई स्रोता दर्शकले रुचाएका छन् । शुक्रबार सार्वजनिक भएको गीतको भिडियोले युट्युबमा २ लाख ५० हजार बढी भ्यूज पाइसकेको छ ।
राजेन्द्र बजगाँई र विद्या तिवारीको स्वरमा र्याप मिसिएको गीतको भिडियोमा सुनिल क्षेत्री र आँचल शर्मा फिचर्ड छन् । साथमा पल्पसा पोखरेल, सुरज श्रेष्ठ लगायत पनि भिडियोमा देखिएका छन् । शंकर अधिकारी ‘घायल’ र जिवन लुइँटेलको शब्द रहेको गीतलाई राजेन्द्र बजगाँईले संगीत भरेका हुन् ।
अराज केशवको र्याप रहेको गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन् ।
ज्ञानेन्द्र शर्मा हुमागाँईको डिओपी, टंक केसीको छायाँकन रहेको भिडियोलाई बिकास ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियोलाई सुनिल क्षेत्रीले नै निर्देशन गरेका हुन् ।
हेर्नुहोस् भिडियो :