२३ असार २०८३, मंगलबार

पशुपति शर्माको गीतमा वाइडवडी जहाजदेखि सुनकाण्डसम्मका कुरा

पशुपति शर्माको गीतमा वाइडवडी जहाजदेखि सुनकाण्डसम्मका कुरा

काठमाडौं– डिग्री पढेका युवाको हातमा जागिर छैन । काम पाइहाले पनि हातमुख जोर्नै धौधौ छ । साहुले काम गरेको पनि तलब दिँदैनन् ।

यता सरकारी शिक्षकका छोराछोरी बोर्डिङमा पढिरहेका छन् । सरकारी कोटामा जागिर खाएका डाक्टरहरु बिरामीलाई क्लिनिकतिर तानिरहेका छन् । सुब्बामा जागिर खाएकोले २ वर्षमै घर ठड्याएका छन् । 

यस्तै परिवेशमा रहेर लोकदोहोरी गायक पशुपति शर्माले व्यङ्ग्यात्मक गीत ‘लुटन् सके लुट, नेपालमै हो छुट’बोलको गीत सार्वजनिक गरेका छन् । देशको समसामयिक परिस्थितीलाई टपक्कै टिपेर गीतमा उतार्न माहिर पशुपतिले बिहीवार मात्रै आफ्नै शब्द, संगीत तथा स्वरमा यो गीत ल्याएका हुन् ।

गीतमा पशुपतिले वाइडवडी जहाजमा भएको भ्रष्टाचारको कुरादेखि सुनकाण्डसम्मका कुरालाई व्यङ्ग्यात्मक तरिकाले प्रस्तुत गरेका छन् ।

पशुपतिले गीतमार्फत् यसरी व्यङ्ग्य गरेका छन्:

वाइडवडी जहाज किने अरे लुटनुसम्म लुटे,

सुनकाण्ड खोई कहाँ पुग्यो ? जेलमै छन् कि छुटे ?

लुटन सके लुट कान्छा अरु देशमा पाइँदैन, नेपालमै हो छुट ।

त्यस्तै पशुपतिले सडकमा ट्राफिक लाइट अस्तव्यस्त रहेकोदेखि टेण्डर लिएर बीचमै काम छाड्ने ठेकेदारलाई पनि गीतमार्फत् व्यङ्ग्य गरेका छन् । 

नेताहरुले ठूलाठूला कुरा गर्ने काम नगर्ने गर्दा देशको विकास हुन् नसकेको गीतमा उतारिएको छ । भिडियोमा पशुपति शर्मा, मञ्जु विक, प्रज्वल भण्डारी लगायतको अभिनय रहेको छ । दुर्गा पौडेलको छायाङ्कन तथा निर्देशनमा बनेको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् । 

नाेट : विवादमा तानिएपछि शर्माले याे गीत युटयुवबाट हटाएका छन्

salt training

कमेन्ट गर्नुहोस्