काठमाडौं- गायिका सम्झना लामिछाने मगर नयाँ गीतका साथ स्रोता तथा दर्शकसामु आएकी छिन् ।
उनको स्वर तथा अभिनयमा ‘मञ्जुरी’बोलको नयाँ गीत सार्वजनिक भएको हो । राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।
‘भ्यालेन्टाईन डे’को अवसर बिहीबार सार्वजनिक गीतको भिडियोमा सम्झनासंग नरेश विर सिंहले स्क्रिन शेयर गरेका छन् । साथमा संजय लामा, मलिन तामाङ, राजु सिंह तामाङ, सागर मगर, कविता न्यौपाने, सरु पोखरेल लगायतलाई पनि भिडियोमा देखाईएको छ ।
राजेश घिमिरेको छायांकन रहेको यस भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका हुन् ।
सम्झनाले यसअघि दर्जनौं हिट गीत स्रोता दर्शकलाई दिईसकेकी छिन् । यस गीतलाई पनि स्रोता तथा दर्शकले रुचाउनेमा आफू आशावादी रहेको सम्झना बताउँछिन् ।