
यस हप्ता फिल्म निर्माता करण जोहर दुई बच्चाका पिता बने । करण जोहरले भाडाकी आमाको माध्यमबाट बाबु बुनेको घोषणा गरे ।
करणले यस घोषणपछि सवैको मनमा यो सवाल उठेको छ की आखिर ती बालबालिकाको आमा को हुन् ?
जो महिलाको डिम्बका कारण करण पिता बने के ती महिलाको बारेमा करणलाई थाहा छ ?
या फेरि ती महिलालाई जानकारी छ की उनी करण जोहरका बच्चाको जैविक आमा बनेकी छिन् ।
नयाँ दिल्लीमा सीड्स अफ इनोसेन्स हस्पिटलमा आईवीएफकी निर्देशक डा गौरी अग्रवालका अनुसार करण र ती महिला दुवैला थाहा हुने छैन की बच्चाका आमा को हुन् र पिता को हुन् भनेर ।
उनका अनुसार न करण जोरलाई थाहा हुनेछ कि उनको छोरा छोरीलाई जन्म दिने आमा को हुन् । त्यस्तै ती महिलालाई पनि थाहा हुने छैन की करणको विर्यले उनी दुई बच्चाको जैविक आमा बनेकी हुन् । अग्रवाल अनुसार यो विषय अत्यन्त्य गोप्य हुन्छ ।
आइवीएफ सेन्टरमा वीर्य र डिम्ब राखिएको हुन ।
यस्तो हुने छैन कि तपाई कुनै महिला या पुरुषको लिएर आउनु हुनेछ र उनको डिम्ब या विर्य लिइन्छ । अंडाडु तथा विर्य अत्यन्त्य गोप्य तरिकाबाट लिने गरिएको छ ।
त्यसो भए के करणले ती महिलाको व्यक्तिगत जीवन र उनको बारेका केही जानकारी लिएनन् त ?
डा अग्रवाल भन्छिन्,‘ती महिला कोन हुन त्यसको जानकारी दिन मिल्दैन, तसर्थ उनले त्यो थाहा पाउने विषय होइन् ।
तर बाबु बन्नेले कस्तो आमाको कोखबाट बच्चाको जन्म होस् भन्ने चाहेको व्यहोरा भने बताउन सक्ने व्यवस्था रहेको छ र त्यही अनुरुप आमाको डिम्बको प्रयोग गरिने गरिएको छ ।