×

NMB BANK
NIC ASIA

औद्योगिक क्षेत्रमा समग्र लगानी घट्यो, प्रधानमन्त्री ओलीले लुकाए तथ्य !

फागुन ५, २०७५

NTC
Premier Steels

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीवार देशवासीका नाममा सम्बोधन गर्दा उत्पादनमूलक क्षेत्रमा लगानी बढेको बताए । उनले उत्पादनमूलक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी बढेको बताए ।

Muktinath Bank

उनले सम्बोधनको क्रममा उद्योग दर्ताको संख्या बढेको र उत्पादनमूलक उद्योगमा बैंक तथा वित्तीय संस्थाको लगानी बढेको बताएपनि समग्रमा औद्योगिक क्षेत्रमा लगानी घटेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कम्पनी दर्ताको संख्या २६ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । उद्योगको क्षमता वृद्धि भएको छ । औद्योगिक उत्पादनको क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको लगानी २८ दशमलव ३ प्रतिशतले बढेको छ । औद्योगिक गतिविधिमा विस्तार भएको छ,’ प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भनेका थिए ।


Advertisment
Nabil box
Kumari

उद्योग विभागका अनुसार उत्पादनमूलक क्षेत्रका उद्योगमा चालू आर्थिक वर्षमा लगानी घटेको छ ।

Vianet communication

गत आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रका उद्योगमा कुल ४८ अर्ब ७६ करोड ७७ लाख ७० हजार रुपैयाँ बराबर पूँजी लगानी भएकोमा चालू आर्थिक वर्षमा सो लगानी घटेको छ ।

चालू आर्थिक वर्षको सोही अवधिमा ३० अर्ब ८४ करोड ७५ लाख १ हजार रुपैयाँ जम्मा पूँजीका उत्पादनमूलक उद्योग दर्ता भएको विभागको तथ्याङ्क छ ।

गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा समग्रमा औद्योगिक क्षेत्रको लगानी घटेको छ । गत आर्थिक वर्षको साउनदेखि पुस मसान्त र चालू आर्थिक वर्षको सोही अवधिमा औद्योगिक क्षेत्रको समग्र लगानी २९ दशमलव ६७ प्रतिशतले घटेको छ ।

चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा कुल १ खर्ब १५ अर्ब २५ करोड ४७ लाख १० हजार रुपैयाँ बराबर पूँजीका उद्योग दर्ता भएका छन् । सो अवधिमा कुल २ सय ६८ उद्योग दर्ता भएको उद्योग विभागको तथ्याङ्क छ । गत आर्थिक वर्षको सो अवधिमा कुल २ सय ३५ उद्योग दर्ता भएका थिए । ओलीले सम्बोधनमा भनेजस्तो उद्योगको संख्यामा वृद्धि भएपनि पूँजीगत रूपमा लगानी भने घटेको छ ।

गत आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा कुल १ खर्ब ६३ अर्ब ८६ करोड ३२ लाख ७० हजार रुपैयाँ पूँजी बराबरका उद्योग दर्ता भएका थिए ।

यी क्षेत्रमा कम लगानी 

तुलना अवधिमा ऊर्जा क्षेत्रमा लगानी घटेको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्षमा कुल ९७ अर्ब ८९ करोड १५ लाख ८० हजार रुपैयाँ बराबर पूँजी भएका ऊर्जामूलक उद्योग विभागमा दर्ता भएका थिए । चालू आर्थिक वर्षको सोही अवधिमा ७० अर्ब ७८ करोड २० हजार रुपैयाँ बराबर पूँजीका ऊर्जामूलक उद्योग दर्ता भएका छन् ।

चालू आर्थिक वर्षमा निर्माण क्षेत्रमा समेत लगानी घटेको छ । निर्माण क्षेत्रमा कुल १ अर्ब २ करोड ४० लाख ३० हजार रुपैयाँ बराबर पूँजी भएका उद्योग दर्ता भएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिमा निर्माण क्षेत्रका ४ अर्ब १ करोड १ लाख रुपैयाँ बराबर लगानीका उद्योग दर्ता भएका थिए ।

त्यस्तै चालू आर्थिक वर्षको सो अवधिमा पर्यटन क्षेत्रमा समेत लगानी घटेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म पर्यटन क्षेत्रमा ६ अर्ब ५५ करोड १३ लाख ६० हजार रुपैयाँ बराबरको लगानीका उद्योग दर्ता भएका छन् ।
गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ४२ करोड ५३ लाख रुपैयाँ सो क्षेत्रमा लगानी भएको थियो ।

तुलनात्मक रूपमा लगानी बढेका क्षेत्र

चालू आर्थिक वर्षमा कृषि क्षेत्रमा लगानी बढेको देखिन्छ । गत आर्थिक वर्षमा ३२ करोड ३७ लाख रुपैयाँ बराबर पूँजीका कृषि क्षेत्रका उद्योग उद्योग विभागमा दर्ता भएका थिए । चालू आर्थिक वर्षको सोही अवधिमा कृषि क्षेत्रमा कुल १ अर्ब ३६ करोड ८३ लाख रुपैयाँ पूँजीका क्षेत्रका उद्योग दर्ता भएका विभागको तथ्याङ्क छ ।

त्यसैगरी चालू आर्थिक वर्षमा सेवा क्षेत्रमा भएको लगानी बढेको छ । चालू आर्थिक वर्षमा सो क्षेत्रमा ४ अर्ब ३० करोड ७५ लाख ८० हजार रुपैयाँ लगानी भएको छ । 

गत आर्थिक वर्षमा २ अर्ब ४ करोड ९ लाख रुपैयाँ बराबरको लगानी भएको थियो ।

त्यस्तै सूचना, प्रशारण तथा सञ्चार प्रविधि क्षेत्रमा चालू आर्थिक वर्षमा लगानी सामान्य बढेको छ ।

सो क्षेत्रमा गत आर्थिक वर्षमा ३७ करोड ३० लाख रुपैयाँ पूँजीका उद्योग दर्ता भएका थिए । चालू आर्थिक वर्षको सोही अवधिमा  ३७ करोड ५९ लाख २० हजार रुपैयाँ पूँजी बराबरका उद्योग दर्ता भएका छन् ।

रोजगारीमा समेत कमी

सरकारले रोजगारीलाई विशेष प्राथमिकता दिएको बबताउँदै आएपनि चालू आर्थिक वर्षमा रोजगारी पाउनेको संख्यामा कमी आएको देखिएको छ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा दर्ता भएका उद्योगमा कुल १३ हजार ५ सय ९ जनाले रोजगारी पाएको विभागको तथ्याङ्क छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कुल १३ हजार ८ सय ८३ जनाले रोजगारी पाएका थिए ।

उद्योगीहरू बैंकहरूले कर्जा प्रवाहमा ब्याज बढाएका कारण औद्योगिक क्षेत्रमा लगानी कम भएको बताउँछन् । बैंकहरूले कर्जामा बढाएको ब्याजका कारण लगानी गर्नमा समस्या आएको व्यवसायीहरू बताउँछन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x